विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत विकासमा लगानी गर्ने उद्देश्यले स्थापित हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले अहिलेसम्म यस क्षेत्रमा २६ अर्ब रुपैयाँ भन्दा बढीको लगानी गरेको छ । कम्पनीको असार २७ गते सम्पन्न १२औं वार्षिकोसत्वको क्रममा उक्त कुरा जानकारी दिइएको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले अब स्वच्छ ऊर्जामा लगानी बढाउँदै ऊर्जा रूपान्तरणमा अगाडि बढ्नुपर्ने बताए । ‘सारा विश्वको लक्ष्य हरित ऊर्जामा जाने अभियान थालेको छ, यसमा हामी सहयोगी बन्न सक्छौं,’ उनले भने, ‘चीन र भारतको स्वच्छ ऊर्जामा रूपान्तरण हुने लक्ष्यका लागि पनि नेपालले ठूलो सहयोग गर्न सक्छ ।’

अब एचआइडिसिएलले दिगो र हरित ऊर्जामा लगानी बढाउँदै लैजानुपर्ने खाँचो रहेको र लगानी यसतर्फ नै लक्षित गर्नुपर्ने पनि बताए । ‘हाम्रो कम्पनीसँग आयोजना विकास गर्ने सन्दर्भ नमिलेको हुँदा लगानी गर्ने दिशातर्फ लक्षित हुनुपर्छ भन्ने योजनाका साथ अगाडि बढिएको छ,’ घिमिरेले थपे, ‘लगानी नपाएका निजी तथा प्राधिकरणले अध्ययन गरेका आयोजनामा लगानी गर्नुपर्यो ।

प्रसारण लाइन विकासमा पनि एचआइडिसिएलले लगानी गर्दै जानुपर्ने पनि उनको भनाइ थियो । कम्पनीका अनुसार हालसम्म १८ वटा जलविद्युत आयोजनामा कूल २१ अर्ब २ करोड रुपैयाँ ऋण तथा १२ जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनाहरूमा करिब ५ अर्ब ३४ करोड सेयर लगानी सहित ३० वटा आयोजनामा २६ अर्ब ३६ करोड लगानी पुगेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा सेयर लगानीतर्फ ५९ करोड र ऋण लगानीतर्फ २ अर्ब ८६ करोड गरी ३ अर्ब ४५ करोड रुपैयाँ थप लगानी प्रवाह भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा १ अर्ब ४४ करोड खुद मुनाफा हुने अनुमान गरिएको छ; जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ प्रतिशतले बढी हो ।

सोही अवधिमा कम्पनीले संस्थागत करबापत करिब ६० करोड रुपैयाँ, लाभांशबापत करिब ६३ करोड, स्रोतमा कर कट्टीबापत गरी करिब २ करोड रुपैयाँ सहित सरकारको आयमा करिब १ अर्ब २५ करोड रुपैयाँ बराबरको योगदान गरेको जनाइएको छ ।

यसैगरी, सेयर लगानीतर्फ २ वटा आयोजनामा ४७ करोड र ऋण लगानीतर्फ पाँचवटा आयोजनामा १० अर्ब ४१ करोड र साविकमा लगानी स्वीकृत भएका आयोजनामा थप लगानी बापत १ अर्ब ५२ करोड सहित आव २०७९÷८० मा मात्र १२ अर्ब ४० करोड लगानी स्वीकृत भएको छ ।

कम्पनीले सहवित्तीयकरणमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत विकास हुने १०६१ मेगावाट क्षमताको अप्पर अरुण र २१० मेगावाट क्षमताको चैनपुर सेतीमा ऋण लगानी गर्ने निर्णय गरेको छ । यस आयोजनामा करिब ५३ अर्ब स्थानीय वित्तीय स्रोत जुटाउन सहवित्तीयकरणका गठन भई समझदारी सम्झौता समेत सम्पन्न भइसकेका छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३