विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कन्सोर्सियम पावर डेभलपर्स प्रालिले ९ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन खारे खोला जलविद्युत आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्मको लाइन २०८२ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखेकाे हो ।

खारे खोलाको २४.१ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण गर्न लागिएको प्रसारण लाइनको अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको विद्युत विद्युत विकास विभागले जनाएको छ ।

विभागका अनुसार आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने सक्ने प्रतिकुल असरको बारेमा आयोजना प्रभावित स्थानीयसँग राय/सुझाव मागिएको छ । स्थानीयले राय/सुझाव सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनी वा विभागका कार्यालयमा प्राप्त हुने गरी पठाउनु पर्नेछ ।

९ किलोमिटर लामो सिंगल सर्किट लाइनमा ३२ वटा टावर  जडान गरिनेछ । एक टावरदेखि अर्को टावरसम्मको दुरी करिब २२४.९२४ मिटर हुनेछ । आयोजना निर्माणका लागि १६.८१ हेक्टर जग्गा आवश्यक पर्नेछ । आयोजनाको सबै काम २७ महिनाभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit