विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन स्थानीय तहहरूलाई आग्रह गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै प्राधिकरणको संरचनामा सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले बढीमा ६० किस्तामा थप दस्तुरसहितको बक्यौता महसुल बुझाउन आग्रह गरेको हो ।  

प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार किस्ताबन्दीमा महसुल बुझाउने सुविधा दिइएको जनाइएको छ । सडक बत्तीको महसुल बुझाउन बाँकी स्थानीय तहले सूचना जारी भएका मितिले ४५ दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ । 

प्राधिकरणका अनुसार स्थानीय तहले तिर्नुपर्ने सडक बत्तीको महसुल करिब ६ अर्ब ८० करोड रुपैयाँ बक्यौता छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३