विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकासी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माण सकिन लागेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राविधिक परीक्षण सुरु भएको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको आयोजनाको परीक्षण शुक्रबार (पुस २७ गते) देखि भएको हो ।

आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टपलग, सुरुङ लगायतका संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरेको कम्पनीले जानकारी दिएको छ । आयोजनाको जलशाय, डिस्याण्डर तथा सुरुङमा पानी भरी परिक्षण हुनेछ ।

प्राविधिक परीक्षणको काम माघ १५ गतेसम्म चल्नेछ । परीक्षण अवधिभर आयोजनाको बाँधस्थलमा नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकोले भोटेकोसी नदीको आसपास कार्यहरू नगर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत भोटेकोसी नदीको किनारामा पर्ने स्थानहरूमा पानीको सतह घटबढ भइरहने जानकारी दिएको छ । उक्त समयमा नदीमा माछा मार्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ चराउने र ढुंगागिट्टी उत्खनन गर्ने तथा नदीमा कुनै पनि किसिमका कार्यहरू नगर्न आग्रह गरेको छ ।

चिलिमेको सहायक कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम हालसम्म ९९.९ प्रतिशत सकिएको हो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फको निर्माण कार्य शतप्रतिशत सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको ८० प्रतिशत काम सकिएकाे छ ।

लाइनको तार तान्न बाँकी रहेको २ किलोमिटर दूरीमा ‘राइट अफ वे’ का लागि स्थानीयबाट लिनुपर्ने जग्गाको मुआब्जामा विवाद रहेका कारण आयोजना निर्माणमा ढिलाई भइरहेको छ । ‘राइट अफ वे’का लागि जग्गा लिँदा जग्गाको मूल्याङ्कनका आधारमा २० प्रतिशतसम्म रकम जग्गाधनीलाई दिनुपर्ने व्यवस्था छ । तर, तोकिएको मुआब्जा कम भएको भन्दै स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको बाह्रबीसे सबस्टेसन हबको काम समयमै सकियो भने राष्ट्रिय ग्रिडमा विद्युत् प्रसारण गर्न सकिन्छ ।

आयोजनाबाट उत्पादित बिजुली सिन्धुपाल्चोकको बाह्रविसे सबस्टेसनदेखि रामेछापको न्यु–खिम्ती हुँदै ढल्केबर पुर्‍याउने र अर्काे बाह्रविसेदेखि काठमाडौँको लप्सीफेदी सबस्टेसन हुँदै राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम भइरहेको छ ।

आयोजनाको अनुमानित सुरुवाती लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेकोमा हाल आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख पुगेको छ । निर्माणाधीन आयोजनाको सुरुको  कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

 कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्ये प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रो पावर लिमिटेडको १–१ प्रतिशत सेयर छ ।

४९ प्रतिशत साधारण सेयरधनी समूह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत) को सेयर छ । कम्पनीले  साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

२०७० सालबाट निर्माण सुरु भएको आयोजना २०७३ मा सक्ने लक्ष्य लिइएको थियो तर विविध कारणले आयोजना निर्माणमा ढिलाई भइरहको कम्पनीले जानकारी दिएको छ ।  २०७२ सालको भुकम्प, नाकाबन्दी, २०७३ सालको जुरे पहिरो तथा पटक–पटक निर्माणस्थलमा आएको बाढी पहिरोका कारण आयोजना प्रभावित हुँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit