विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा लगानी जुटेको छ । फेदीखोला हाइड्रो पावर कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको हो । बिहीबार एक कार्यक्रमका बीच प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र बैंकको पूर्वाधार बैंकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावालीले ऋण लगानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ६ मा निर्माण गरिरहेको सो आयोजनामा ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने छ । 

प्रबन्ध सञ्चालक दुलालका अनुसार कुल लागत ९४ करोड रहेको यस आयोजनामा कम्पनीले ४४ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने उल्लेख छ । कम्पनीका अनुसार साउन मसान्तसम्ममा कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने र स्वपुँजीको ३० प्रतिशतले हुन आउने १३ करोड २० लाख रुपैयाँको आईपीओ चालू आर्थिक वर्षभित्र निष्काशन गर्ने कम्पनीको लक्ष्य छ । 

२०८२ असोजभित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाका लागि आवश्यक सबै जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको उनले बताए । सिभिल संरचना निर्माणको ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३