विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजनाको ६७ प्रतिशत निर्माण पूरा भएको छ । साहस ऊर्जा कम्पनीले सालुखुम्बुको सोलु बेसिनमा निर्माण गरिरहेको आयोजनाको सिभिल संरचनाको यति काम सकिएको हो ।

आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार बाँध क्षेत्रको करिब ७२ प्रतिशत निर्माण पूरा भइसकेको  छ ।

‘आयोजनाको अहिलेसम्मको प्रगति राम्रो छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबैभन्दा बढी काम सुरुङमा भएको छ ।’ उनले सुरुङ (अडिट, पेनस्टक, मुख्य सुरुङ, सर्ज साफ्ट, भर्लिकल साप्टसहित) मा ८२ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

आयोजनामा कूल ७ हजार ६ सय ५४ मिटर लामो भूमिगत सुरुङ निर्माण हुँदैछ । जसमा मुख्य सुरुङ ४४ सय ६६ मिटर लामो छ । अहिलेसम्म मुख्य सुरुङ ३३ सय ४५ मिटर खनेर सकिएको छ । यो सुरुङ इनलेटतर्फबाट १८ सय २२ र आउटलेटतर्फबाट १५ सय २३ मिटर पूरा भएको पाठकले जानकारी दिए ।

मुख्य सुरुङको बाँकी ११ सय २१ मिटर पूरा गर्न अझै ६ महिना लाग्ने पनि उनले बताए ।विद्युतगृहको सिभिल संरचना निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा ८२ प्रतिशत निर्माण पूरा भइसकेको छ । सिभिलतर्फको काम सम्पन्न भएपछि विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान सुरु गरिने उनले बताए ।

कुनै अवरोध नआए आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनकाे तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १२ किलाेमिटर लामाे १३२ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

आयोजना सम्पन्न भएपछि वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा १००.२७ गिगावाट ङन्रटा र वर्षामा ४१९.९३ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएकाे छ । याे निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण गरिरहेकाे अहिलेसम्मकाे ठूल आयोजना हाे ।

कोरोना महामारीका कारण भएको लडडाउन तथा निशेधाज्ञा लागेका बेला केही समय सुस्त बनेको आयोजनाको निर्माण अहिले पुरानै गतिमा फर्किएको छ । कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएको समस्याले पनि आयोजनाको निर्माण केही समय प्रभावित हुन पुगेको थियो ।

यो आयोजना सम्पन्न गर्न ११ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक सेयर लगानी छ । बाँकी १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइने भएको छ ।

कम्पनीले साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणमा प्रतिकित्ता सय रुपैयाँ अंकित १ करोड ५ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीको तयारी छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

निष्कासन हुने सेयरमध्ये ३५ लाख कित्ता (३५ करोड रुपैयाँ) प्रभावित क्षेत्रका स्थानीय र बाँकी ७० लाख कित्ता (७० करोड रुपैयाँ) सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी र सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले सेयर निष्कासन गर्न इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । 

सोलु बेसिनमा सोलू दूधकोसीबाहेक पनि ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit