विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजना २५ प्रतिशत सम्पन्न भएको छ । केबिएनआर इसुवा पावर कम्पनीले संखुवासभाको इसुवा खोलामा निर्माण गरिरहेको अर्धजलाशय आयोजनाको यति काम सम्पन्न भएको हो ।

अहिले आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहको काम समानरूपले अघि बढेको कम्पनीका अध्यक्ष वीरेन्द्र न्यौपानेले बताए । उनका अनुसार बाँध क्षेत्रमा आयोजनाको काम भइरहेको छ ।

‘पाइप लाइन रहने स्थानको पहिचान गरी जडान कार्य भर्खरै सुरु भएको छ’, उनले ऊर्जा खबरसँग भने, ‘विद्युतगृहमा पनि जग खन्ने कार्य सम्पन्न गरेर अब संरचना बनाउने कार्यको सुरुवात हुँदैछ ।’ उनले कोरोना (कोभिड–१९) महामारीको प्रभावका कारण आयोजनाको निर्माणले तीव्रता पाउन नसकेको बताए ।

यो स्वदेशी निजी क्षेत्रले निर्माण अघि बढाएको अहिलेसम्मको ठूलो आयोजना हो । आयोजनाबाट २०८० साल चैतभित्र विद्युत उत्पादन गर्ने तालिका छ । तर, कोरोना महामारीका कारण कामदार र निर्माण सामाग्री अभावमा काम प्रभावित हुँदा विद्युत उत्पादन तालिका १ वर्ष धकेलिने सम्भावना बढेको न्यौपानेले बताए ।

यो निजी क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो अर्धजलाशय (पिकिङ रन अफ रिभर–पिआरओआर) आयोजना पनि हो । निर्माण पूरा भएपछि यो आयोजनालाई दैनिक ६ घन्टा पिकिङ गर्न सकिनेछ । यो आयोजना सञ्चालनमा आएपछि वार्षिक ६४८ गिगावाट घन्टा (६४ करोड ८० लाख युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यही लागतमा सम्पन्न गर्न सकियो भने आयोजनाको प्रतिमेगावाट लागत करिब १० करोड २९ लाख रुपैयाँ हुनेछ । लागतका हिसाबले यो आयोजना सस्तो हुनेछ ।

आयोजनामा सानिमा बैंकको अगुवाईमा ६ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । बैंकले ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंकले गरेको यो लगानी कुल लागतको ८० प्रतिशत हो । २ अर्ब रुपैयाँ (२० प्रतिशत) स्वपुँजी लगानी छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृह रहने स्थानदेखि सबस्टेसनसम्मको दुरी १७ किलोमिटर छ ।

विद्युतगृहदेखि सबस्टेसनसम्म आयोजनाको विद्युत पुर्याउन आवश्यक १७ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।प्राधिकरणको प्रस्तावि शीतलपाटी सबस्टेसन र २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन अहिले अध्ययनको चरणमा छ । यो प्रसारण लाइन २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा गएर जोडिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३