विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले २८.३०४ मेगावाटको मध्य–चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । दार्चुलाको मार्मा गाउँपालिकास्थित चमेलिया नदीमा यो आयोजना निर्माणको प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना निर्माणका लागि हाल आवश्यक जग्गा खरिद तथा अधिग्रहणको काम भइरहेको अपि पावरका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले ऊर्जा खबरसँग बताए । 

‘जग्गा खरिद गर्ने र स्थानीय सरकारसँग सार्वजनिक जग्गा उपयोगको सम्बन्धमा छफलफल भरहेको छ,’ उनले भने, ‘आउँदो माघ १ गतेदेखि आयोजना स्थलमा भौतिक संरचना निर्माण सुरु हुने छ ।’ आयोजना निर्माणपूर्वका तयारीका कार्य करिब पूरा हुन लागेको उनले बताए । 

उनका अनुसार आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) २०८० असोज २१ गते भएको थियो । ग्रिड कनेक्सन एग्रिमेन्ट २०७७ कात्तिक २७ गते भएको थियो । कम्पनीले हाल आयोजनाको उत्पादन अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

पीपीए अनुसार २०८६ जेठ २८ गते आयोजनाको व्यवसायिक उत्पादन सुरु गर्ने सयम तोकिएको छ । तर, निर्माण सुरु गरिएको २४ महिना (दुई वर्ष) भित्रै पूरा गरी सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन लागिएको उनले बताए । ‘हालसम्म थुप्रै विद्युत् आयोजना निर्माण गरी समय अगावै सञ्चालनमा ल्याइसकेको तथा अनुभवी कम्पनीको बहुमत सेयर साझेदारी रहने भएकोले आयोजना समय अगाबै सञ्चालनमा ल्याउन कुनै समस्या छैन,’ उनले भने । 

कम्पनीका प्रबन्ध निर्देशक शास्वत चालिसेका अनुसार अपि पावरले नै निर्माण गरी सञ्चालन गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलियाको विद्युत् गृहदेखि ५ सय मिटर तल्लो तटमा मध्य चमेलियाको बाँध तथा इन्टेक निर्माण हुने छ । आयोजनाअन्तर्गत ७.२ किलोमिटर लामो हेडरेस पाइप र पेनस्टक पाइप रहने छ । 

आयोजनाको कुल लागत ५ अर्ब ६६ करोड (प्रतिमेगावाट २० करोड) रुपैयाँ रहने अनुमान गरिएको छ । यस मध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने छ । स्वपुँजीको ५१ प्रतिशत सेयर लगानी अपि पावरको रहेन छन् । अन्य प्रवद्र्धकको १९ प्रतिशत र बाँकी सर्वसाधारण तथा स्थानीय प्रभावितको सेयर लगानी रहने छ । 

आयोजनाबाट वार्षिक १८५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्ष नै आयोजनाबाट ११३ करोड रुपैयाँ बराबरको आम्दानी हुने छ । 

उत्पादित बिजुली हाल सञ्चालनमा रहेको १३२ केभीको माथिल्लो चमेलियाको सिङ्गल सर्किट १६ किलोमिटर प्रसारण लाइनलाई डबल सर्किटमा विस्तार गरी बलाँच सबस्टेशनमा जोडिने छ । बलाँचबाट ३० किलोमिटर दूरीमा रहेको भारतको उत्तराखण्डमा पर्ने जौलजीबी सबस्टेशन (४००/२२०/१३२ केभी) रहेकोले यो आयोजनाको बिजुली देशलाई बढी भएको अवस्थामा सिधै भारतलाई बिक्री गर्न सकिने सम्भावना पनि देखिएको छ । यसका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा दुई देशबीच सहमति तथा सहकार्य आवश्यक पर्दछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३