विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । .५१ मेगावाटको माइबेनी जलविद्युत आयोजनाकाे विद्युत आइतबारदेखि राष्ट्रय प्रसारण प्रणालीमा जाेडिने भएकाे छ ।इलाममा निर्माण सम्पन्न आयाेजनाकाे विद्युत अबकाे ३ दिनमा प्रणालीमा थपिन लागेकाे हाे ।

जडान भएका उपकरणकाे परीक्षण (ड्राइ टेष्ट) सकिएपछि संरचनामा पानी भरेर परीक्षण भइरहेकाे आयाेजना प्रमुख राजेन्द्रराज भारतीले बताए । विद्युतगृहमा जडान भएको टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, ब्रेकरलगायत उपकरणको अवस्था ठिक छ/ छैन भनेर परीक्षण गरेर हेर्याैं,’ उनले ऊर्जा खबरसँग भने, ‘याे चरण पूरा भएकाले अब ३ दिनपछि विद्युत उत्पादन सुरु गर्ने तयारी गर्दैछाैं ।’

उनले अहिले संरचनामा पानी भरी कुनै समस्या भए/ नभएकाे हेर्ने कार्य भइरहेकाे बताए । संरचनाकाे परीक्षणकाे चरण पूरा भएपछि परीक्षण उत्पादन सुरु हुनेछ । नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीकाे निर्देशनअनुसार आयाेजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने उनले बताए।

विश्वव्यापीरूपमा फैलिएको कोभिड१९  माहामारीका कारण प्राधिकरणका प्राविधिक आयोजनास्थलमा आउन नसक्ने भएपछि भर्चुअल (विद्युतीय) माध्यमबाट प्राप्त हुने निर्देशनका आधारमा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको पनि भारतीले बताए

आयाेजनाले परीक्षण चरण (१५ दिन) मा उत्पादन भएकाे विद्युत प्राधिकरणलाई निशुल्क उपलब्ध गराउने छ । परीक्षणकाे चरण पूरा भएपछि मात्रै व्यापारिक उत्पादन सुरु हुने उनले बताए ।

आयोजनाबाट गत फागुनदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, निर्माण पूरा हुन समय लागेकाले लक्ष्यभन्दा ३ महिना ढिलाे गरी विद्युत उत्पादन सुरु गर्न लागिएको हो आयोजनाबाट उत्पादन भएको विद्युत साढे किलोमिटर लामो दुरीमा रहेको काबेली कोरिडोरको १३२/३३ केभी गोदक सबस्टेसनमा जोडिनेछ

आयोजना सम्पन्न गर्न अर्ब रुपैयाँ खर्च भएकाे  आयोजनामा एसबीआइ (अगुवाई) सिद्वार्थ बैंकले कूल लागतको ७५ प्रतिशत ऋण लगानी गरेका छन् बाँकी २५ प्रतिशत स्वपुँजी लगानी

आयोजना सञ्चालनमा आउँदा वार्षिक ५३.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । याे आयाेजना  ऊर्जा डेभलपर्स प्रालिको सहायक सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको हाे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३