विद्युत अपडेट

  • प्राधिकरण : ८१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७१३ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१२४० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९२७ मे.वा.
२०८३ कार्तिक १३, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली–३‘बी’ जलविद्युत् आयोजनाको ठेक्का तोडेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले चिनियाँ ठेकदार कम्पनी सुइफा एएनएचई ग्रुपसँगकाे ठेक्का ताेडेकाे हाे ।

निर्माणमा भएको ढिलाई तथा लापरबाही र तोकिएको तालिकाभित्र आयोजना सम्पन्न हुने कुनै आधार नदेखिएपछि ठेकेदार कम्पनीसँग ठेक्का तोडेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बताए ।

‘पटक-पटक म्याद थप गर्दा वा मौका दिँदा पनि वास्ता नगरेपछि र बारम्बार निर्देशन दिँदा पनि अटेर गरेपछि सम्झौता बमोजिम ठेक्का तोडेका हौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले २०२३ डिसेम्बर १ तारिखमा सूचना पठायौँ र डिसेम्बर १६ तारिखदेखि पूर्ण रूपमा ठेक्का रद्ध गरेका छाैँ ।’

इन्जिजनियरीङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा ६५ प्रतिशत भौतिक प्रगति भएको भइसकेकाे उक्त आयोजनाको काम ४ महिनादेखि भने पूर्ण रूपमा ठप्प छ । आयोजनाको बाँकी काम २०८२ चैतभित्र सम्पन्न गर्ने योजनासहित पुस अन्तिम साता वा माघको पहिलो साताभित्र अर्को ठेक्काका लागि सूचना प्रकाशित गर्ने पनि ढुंगेलले बताए ।

ठेकेदार कम्पनीसँग फेब्रुअरी २०१८ मा ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरिएको थियो । कोभिड–१९ का कारण एकवर्ष म्याद थप भयो । फेरि हेडरेसलगायतका कारण २ वर्ष म्याद थप भएको थियो । मार्च २०२३ मा थप गरिएको नयाँ तालिका अनुसार आयोजनाको काम मार्च २०२४ भित्र सम्पन्न गर्नुपर्ने थियो तर, ठेकेदारले काम नै नगर्ने, काम रोकेर बस्ने, बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेपछि ठेक्का तोडेका हौँ’ उनले भने ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलतर्फको सम्पूर्ण संरचना र उपकरण डिजाइन, जडान तथा सञ्चालन गर्नुपर्ने थियो ।

यो आयोजना सम्पन्न गर्न चिनियाँ कम्पनीले ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको थियो । निर्माण अवधि लम्बिदाँ, नयाँ ठेक्का आह्वान तथा सम्झौता गर्दा लागत बढ्ने पनि ढुंगेलले जानकारी दिए । आयोजनामा ३० प्रतिशत स्वपुँजी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाको काम २०८२ चैतभित्र सम्पन्न गर्ने योजना सहित ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् ३ किलोमिटर दूरीमा रहेको त्रिशुली-३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३