विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । श्वेत–गंगा हाइडोपावर एन्ड कन्स्ट्रकसन लिमिटेडले ६ मेगावाटको तल्लो लिखु क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनाको क्यास्केडका रूपमा यो आयोजना निर्माणको प्रस्ताव गरिएको हो । यसका लागि उत्पादन अनुमतिको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

विभागका अनुसार कम्पनीले आयोजनाको मुख्य भौतिक संरचना ओखलढुङ्गाको लिखु गाँउपालिका–४ पर्ने लिखु नदीको बायाँ किनारमा निर्माण गर्न प्रस्ताव गरेको छ । त्यस्तै आयोजनाका अन्य संरचनहरू रामेछापको लिखु तामाकोशी–४ र रामेछाप नगरपालिका–१ मा रहने छन् ।

आयोजनाअन्तर्गत तल्लो लिखुले छोड्ने पानी उक्त आयोजनाको निकास नहर (हेडरेस) भन्दा तल १४.८९ मिटर लम्बाई, ४ मिटर चौडाइ र ८.८५ मिछर उचाइ भएको हेडपोन्डमा जम्मा गरिने छ । त्यहाँ जम्मा भएको पानीलाई साक्ष्फन क्रसिङ संरचना बनाएर नदीको बायाँ किनारामा निर्माण गरिने हेडरेस कल्भर्टमा पु¥याइने र त्यहाँबाट ४१ मिटर लामो फोरवे हुँदै ४७ मिटर लामो पेनस्टक पाइपमार्फर्त विद्युत्गृहमा पु¥याइने प्रस्ताव गरिएको छ । विद्युत्गृहमा ३.१ मेगावाट क्षमताका दुई वटा उत्पादन युनिटमार्फत विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजनाबाट वार्षिक सरदर ३५.९३ गिगावाट घन्टा  ऊर्जा उत्पादन हुने छ ।

आयोजनाबाट उत्पादित विद्युत् आयोजनाको स्विचयार्डदेखि करिब १.५ किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत तल्लो लिखुको स्वीचयार्डमा जोड्ने प्रस्ताव गरिएको छ । दुवै आयोजनाबाट उत्पादन हुने बिजुली २२.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको न्यू–खिम्ती सबस्टेसनमा जोडिने छ ।

आयोजनाबाट २०२८ मार्च ५ सम्म व्यवसायिक विद्युत् उत्पादन गरिने प्रस्ताव गरिएको छ । प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको आयोजनाको निर्माण गर्दा कुनै उल्लेखनीय वातावरणीय प्रभाव पार्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले शनिबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३