विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चीनमा कोइला अभावका कारण उत्पन्न ऊर्जा संकटको प्रभाव भारतका सौर्य विद्युत आयोजनामा परेको छ । ऊर्जा संकटका बेला विद्युत अभावमा सौर्य ऊर्जा प्रविधि जडानका लागि आवश्यक पर्ने उपकरणको उत्पादन नियमित हुन नसकेपछि यसको प्रभाव भारतका सौर्य विद्युत आयोजनामा पनि परेको हो ।

उत्पादन कम भई सौर्य ऊर्जा प्रविधि जडानमा उपयोग हुने उपकरणको मूल्य बढेपछि सौर्य विद्युत आयोजनाको निर्माण लागत १५ प्रतिशतसम्म बढ्ने देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चिनियाँ उद्योगहरूले सौर्य पाता तथा मोड्युलको उत्पादन कटौती गरेकाले अक्टोबर महिनाबाटै मूल्य बढ्न सुरु गरेकाले सौर्य विद्युत आयोजनाको निर्माण लागत पनि बढ्दै गएको समाचारमा जनाइएको छ ।

विद्युत अभावमा सौर्य पाता तथा मोड्युल उत्पादनको मूल्य श्रृङ्खला प्रभावित हुँदा यसको असर विश्व भरमा पर्न थालेको छ । अहिले उत्पन्न भएको परिस्थितीले सौर्य विद्युत आयोजना निर्माणमा समस्या निम्त्याएको भारतीय ऊर्जा उत्पादकहरू बताउँछन् ।

उद्योगहरूले उपकरणको उत्पादन घटाउँदा मूल्य बढ्नुका साथै आयातमा पनि बढी समय लागिरहेको उनीहरूको गुनासो छ । अहिलेको अवस्थामा उपकरण उत्पादन तथा आयातको प्रक्रियामा अनिश्चितता देखिएको छ ।

अहिले सौर्य विद्युत आयोजनामा उपकरणमा भएको मूल्य वृद्धिको प्रभाव कालान्तरमा विद्युतको मूल्य पनि बढ्न गई उपभोक्तसम्म पुग्ने ऊर्जा उत्पादकहरूको भनाई छ । ऊर्जा संकटका कारण चीनका ठूला सहरमा गरिएको विद्युत कटौतीको प्रभाव भारतमा समेत प्रत्यक्षरूपमा परेको समाचारमा उल्लेख छ ।

विद्युत अभावमा उत्पादन कटौती भएपछि चिनियाँ उद्योगहरूले अक्टोबर महिनाको सुरुवातदेखि नै सौर्य उपकरणमा २५ प्रतिशत मूल्य बढाएका थिए । उद्योगहरूले सन् २०२२ को जनवरीसम्म नयाँ अर्डर लिन छाडेकाले उपकरण अभावमा पनि भारतमा निर्माणको चरणमा रहेका सौर्य विद्युत आयोजनाको काम प्रभावित हुन पुगेको छ ।

चिनियाँ उद्योगरूल यसअघि आयात गर्ने उपकरणको १० देखि २० प्रतिशत रकम भुक्तान गरिसकेका ऊर्जा उत्पादकलाई रकम फिर्ता लिन वा बढेको मूल्य तिर्न भनिरहेका छन् । चीनमा यो वर्ष ऊर्जा संकटको अवस्था आएपछि  विद्युत अभावमा उद्योगहरूको उत्पादन ४४ प्रतिशतसम्म कटौती गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit