विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोसी प्रदेशस्थित संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको १०६३.३६ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्न साढे १ खर्ब रुपैयाँ लागत लाग्ने भएको छ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले अघि बढाएको आयोजना सम्पन्न गर्न उक्त लागत अनुमान गरिएको हो ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन तयार गरिसकेको छ । कम्पनीले तयार पारेको इआइए प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न १ खर्ब ४४ अर्ब १ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १३ करोड ५४ लाख ३६ हजार रुपैयाँ लागत लाग्ने देखिएको छ ।

यसअघि आयोजना बनाउन १ अर्ब ७५ करोड अमेरिकी डलर अर्थात २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियाे । आयोजनालाई लगानी जुटाउन अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेकाे छ । कूल लगानीमध्ये एचआइडिसीएलले ५३.३४ अर्ब रुपैयाँ जुटाउने प्रतिवद्धता जनाएको छ । यसैगरी, विश्व बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले लगानी भएका छन् । बाँकी स्वपुँजी लगानी हुनेछ ।

आयोजनाको काम निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत्‌गृहमा १७३.३३ मेगावाटको ६ वटा टर्वाइन जडान हुनेछ ।

आयोजनाको विवरण

माथिल्लो अरुण कोसी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पर्दछ । प्रस्तावित आयोजना काठमाडौंबाट करिब २०० किलोमिटर पूर्वमा पर्दछ ।

यस आयोजनाको लागि अरुण नदीमा १०० मिटर अग्लो बाँध निर्माण हुनेछ । यसका लागि करिब २०.१ हेक्टर क्षेत्र जलाशय बन्ने छ । उक्त पानीलाई सुरुङको माध्यमबाट विद्युत्‌गृहमा पठाई १०६३.६३ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि ९२६५ मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ ।

यो आयोजना पूरा भएपछि वार्षिक ४५४९.५७ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ । जसमध्ये करिब ३०% सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि ४०० केभी डबल सर्किटको प्रसारण लाइनमार्फत करिब ६ किलोमिटर दुरीमा रहेको प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

यो आयोजना बनाउँदा बाँध, सुरुङ, अडिट र विद्युत्गृह क्षेत्रमा विभिन्न सहायक संरचनाहरू निर्माण हुनेछ ।

वन क्षेत्र

आयोजनाका लागि ४०.०७ हेक्टर सरकारद्वारा व्यवस्थित वन, ११.६२ हेक्टर सामुदायिक वन र २१.६२ हेक्टर मकालु बरुण मध्यवर्ती वन क्षेत्र गरी ७३.३१ हेक्टर वनक्षेत्रको जग्गा आवश्यक हुनेछ । आयोजना कार्यान्वयनको समयमा १४ हजार ४३६ पोल साइज र ३ हजार ४२८ रुख गरी १७ हजार ८६४ रुख काटिनेछ ।  काट्नुपर्ने कूल रुखमध्ये ८३९५ सरकारद्वारा व्यवस्थित वन र ४१८४ र ५२८५ सामुदायिक वन र मध्यवर्ती वन क्षेत्रमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३