विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बर्खाको बाढीले पर्वतमा प्रसारण लाइन टावर ढाल्दा ७०.६ मेगावाट विद्युत प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । सदरमुकाम कुस्मा नजिकैको मोदी खोलाको विद्युतगृह र निजी क्षेत्रको  मोदी खोला–१ जलविद्युत केन्द्रको बीचमा पर्ने १३२ केभी प्रसारण लाइनको टावर पहिरोले ढालेकाले विद्युत प्रणालीबाट बिच्छेद हुन पुगेको हो ।

प्रसारण लाइन अवरुद्ध हुँदा मोदी–१ को विद्युत मोदी सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइनेको चुवास्थित ४ नम्बर टावर पहिरोले ढालेको छ । प्रसारण लाइन अवरुद्ध हुँदा निजी क्षेत्रले निर्माण गरेका पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित जलविद्युतगृहको उत्पादन बन्द भएको छ ।

प्रसारण लाइन अवरुद्ध हुँदा ४२ मेगावाटको मिस्त्री खोलासहित ५ मेगावाटको घलेम्दी खोला, १३.६ मेगावाटको थापाखोला र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत केन्द्रको उत्पादन बन्द अहिले बन्द छ । नेपाल विद्युत प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटेको छ ।

प्रसारण लाइनको वैकल्पिक टावर निर्माण गरेर बन्द भएका जलविद्युतगृहको उत्पादन सुचारु गराउने तयारी प्राधिकरणले गरिरहेको हो । प्रसारण लाइन सुचारु गराउन बढीमा ५ दिन लाग्ने विद्युत प्राधिकरणले जनाएको छ । २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइनको दाना सबस्टेसनमा जोडिएका मिस्त्री खोला, थापाखोला र घलेम्दीको विद्युत कुस्मा सबस्टेसन हुँदै मोदी–१ को १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा आइपुग्छ । 

मोदी सबस्टेसनसम्म आइपुग्ने विद्युत स्थानीय क्षेत्रमा वितरण हुँदै आएको छ । बढी भएको विद्युत यही सबस्टेसनबाट यहाँबाट लेखनाथ सबस्टेसनसम्म पुर्याउने गरिएको छ । प्रसारण प्रणाली अवरुद्ध भई त्यस क्षेत्रमा सञ्चालित जलविद्युतगृहको उत्पादन बन्द हुँदा स्थानीय क्षेत्रको विद्युत आपूर्तिमा पनि समस्या भएको छ ।

अहिले गण्डकी प्रदेशका मुस्ताङ, पर्वत, म्यादी र बागलुङ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । प्रसारण लाइनको टावर राखेर सञ्चालनमा ल्याएपछि मात्रै यी जिल्लाको विद्युत आपूर्ति सुचारु हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit