विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण अवधि लम्बिँदा ३.२ मेगावाटको गेलुन खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत साढे २४ रुपैयाँ नजिक पुगेको छ । निर्माण थालेको ८ वर्षसम्म आयोजनाबाट विद्युत उत्पादन सुरु हुन नसक्दा लागत बढ्दै गएको हो ।

सुरुमा ५२ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा निर्माण धकेलिँदै जाँदा लागत बढेर ७८ करोड रुपैयाँ पुगिसकेको छ । यो सुरुमा निर्धारण गरिएको लागतभन्दा २६ करोड रुपैयाँले बढी हो । अहिले आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ३७ लाख ५० हजार रुपैयाँ पुगिसकेको छ ।

२०६९ सालमा निर्माण सुरु भएको आयोजनामा सुरुवातदेखि नै स्थानीय अवरोध, भूकम्प, नाकाबन्दी, बाढी, पहिरो र आर्थिक संकटदेखिएकाले समयमा विद्युत उत्पादन सुरु गर्न नसकिएको गेलुन खोला हाइड्रोपावर कम्पनीका निर्देशक रबिन्द्र श्रेष्ठले बताए । भूकम्पका कारण आयोजनाको डिजाइनमा भएको परिवर्तन तथा बैंकको बढ्दो ब्याजको भारले पनि आयोजनाको लागत बढेको हो ।

‘प्राकृतिक प्रकोप र सामाजिक तथा आर्थिक कारणले आयोजना सम्पन्न गर्न धेरै वर्ष लाग्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘पछिल्लो पटक कोभिड–१९ को असरले परीक्षण गर्न ढिलो भएकाले पनि अझै उत्पादन सुरु गर्न सकिएका छैनौं ।’ उनले विद्युत जोडिने लामोसाँघु सबस्टेसनसम्म निर्माण गरेको प्रसारण लाइनको रुटमा पनि स्थानीयले अवरोध गरेकाले आयोजना धकेलिएको बताए ।

अहिले सबै समस्या समाधान भइसकेकाले चाँडै आयोजनाको परीक्षण सुरु गर्ने तयारी भइरहेको उनको दाबी छ । अबको एक साताभित्र चिनियाँ प्राविधि आएर आयोजनामा जडान भएका उपकरणको परीक्षण सुरु गर्ने उनले बताए ।

एक सातासम्म उपकरणको परीक्षण गरेपछि संरचनामा पानी भरेर उत्पादन परीक्षण गर्ने तालिका छ । आन्तरिक परीक्षणको चरण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको प्राविधि टोलीले आयोजनाको विद्युत प्रणालीमा जोड्ने छन् । 

करिब १५ दिनसम्म परीक्षण उत्पादनको अवधिभर प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत ११ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ ।

२०६९ सालबाट आयोजनाको संरचना निर्माणको काम सुरु भएको थियो । आयोजनाबाट २०७२ सालमा विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । पहिलो तालिकालाई आधार मान्ने हो भने यो आयोजना लक्ष्यभन्दा ५ वर्ष ढिलो भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit