विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा ८७ मेगावाटको सेती नदी–३ अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । जलविद्युत आयोजनामा लगानी गर्दै आएको कम्पनीले जिल्लाको जयपृथ्वी नगरपालिका पानकोटमा अर्धजलाशय आयोजना निर्माण गर्न लागेको हो ।

आयोजना निर्माणका लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारीको काम थालेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रवाको सम्बन्धमा प्रभावित सरोकारवालासँग राय/सुझाव माग गरेको छ ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय÷सुझाव माग गरिएको  छ ।

स्थानीयले आगामी एक साताभित्र कम्पनीको कार्यालय वा परामर्शदाता चिलिमे इन्जिनियरीङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडको कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।

आयोजनाको बाँध १४ मिटर अग्लो र ६७ मिटर लामो बन्ने चिलिमेले जानकारी दिएको छ । बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बाट ४२५१ मिटर लामो सुरुङमार्फत पाननिलाई विद्युतगृहमा पुर्याइनेछ ।

आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत नेपाद विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ ।

यो कम्पनीले सहायक कम्पनीहरुबाट २७० मेगावाटका ३ ठुला आयोजना निर्माण गरिरहेको छ । १११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको सान्जेनको काम अन्तिम चरणमा पुगेको छ । १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माणाधीन छ । २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit