विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले म्याग्दीमा निर्माण गरिरहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन आयोजनाको २७०० मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।

सफलतापूर्वक आयोजनाको मुख्य सुरुङ मंसिर २३ (शनिबार) गते छेडिएको (ब्रेक थ्रु) आयोजना प्रमुख रविन्द्र हमालले बताए ।  उनका अनसार अब सरसफाई गरी सुरुङ ढलानको काम सुरु हुनेछ ।

‘सुरुङ खन्न सुरु गरेकाे २० महिनामा पूरा भएको हो, इन्लेट र आउटलेट गरि दुई ठाउँबाट काम गरिएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘आउटलेटबाट २०७८ मंसिरदेखि खन्न थालिएको थियो भन इनलेटबाट २०७९ जेठबाट खन्न सुरु गरिएको थियो ।’ 

यसैगरी आयोजनामा ६०० मिटर पेनस्टक पाइप पनि निर्माण भइरहेको छ । यसमा १०० मिटर भर्टिकल साफ्ट र ५०० मिटर होराइजेन्टल साफ्ट रहनेछ । होराइजेन्टल साफ्टको काम सकिएको छ भने भर्टिकल साफ्टको बाँकी ५० मिटर काम २५ दिनभित्र सकिने हमालले बताए ।

हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण पनि सुरुङ निर्माणमा गाह्रो भइरहेको थियो, अब सुरुङ खन्ने काम पूरा भएकोले बाँकी काम द्रुत गतिमा अघि बढ्ने पनि उनले बताए ।

अहिले आयोजनाको सबै क्षेत्रको काम भइरहेको छ । आयोजनाको ७० प्रतिशत भन्दा निर्माण पूरा भएको छ । बाँध क्षेत्रको गेटको काम भइरहेको छ । विद्युत्‌गृहको पनि सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको हाइड्रोमेकानिल तथा इलेक्ट्रोमेकानिकल उपकरणको काम पनि सुरु गर्ने तयारी भइरहेको छ । यसका लागि उपकरणहरू आयोजनास्थलमा ल्याउने काम भइरहेको छ ।

आयोजनाको सबै काम आगामी ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि हमालले बताए । आयोजना पूरा भएपनि उत्पादन हुने विद्युत् २३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तिप्ले राहुघाट सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । लाइनको निर्माण पूर्वको काम पूरा भएकोले स्थलगत काम सुरु गर्ने तयारी गरिएको पनि हमालले बताए ।

आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् ।

यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्‍याएपछि आयोजनको निर्माणकार्य केही पछि धकेलिएको कम्पनीले जनाएको छ । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर–त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit