विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ। भारतीय कम्पनी सतलज जलविद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजना निर्धारित समयभन्दा करिब डेढ वर्ष अगाडि नै सम्पन्न गर्ने दाबी गरेको छ । सरकारका उच्च पदाधिकारीहरूसँगको आज (फागुन १९ गते) भएको छलफलमा कम्पनीले यस्तो दाबी गरेको हो ।

करिब डेढ वर्ष अघि निर्माण सुरु भएको आयोजनाको काम अहिले करिब ४० प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ । आयोजनास्थल अवलोकन भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिनेशकुमार घिमिरे, गृह सचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मीराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल लगायतको उच्चस्तरीय टोलीले आयोजना निर्माणका विषयमा स्थानीयबासी तथा सरोकारवालासँग छलफल गरेको लगानी बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डका अनुसार टोलीले मकालु गाउँपालिकाको फाक्सिन्दा दोभानको आयोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङमा निर्माणाधीन विद्युत्गृहको अवलोकन गरेको छ । साथै, आयोजना विकासकर्ता कम्पनी, दुवै गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय प्रतिनिधिसँग छलफल गरेको पनि जनाइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् मध्ये २१.९ प्रतिशत (१९७.१ मेगावाट) बिजुली नेपालले निशुल्क पाउने प्रावधान छ । अरुणको काम करिब आधा पूरा हुँदा योसँगै अनुमतिपत्र लिएको र त्यो भन्दा अगाडि नै आयोजना विकास सम्झौता (पिडिए) भएको ९ सय मेगावाटको माथिल्लो कर्णाली भने अहिलेसम्म निर्माणमा जान सकेको छेन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३