विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत १९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामकोसी जलविद्युत् आयोजनाको टर्बाइनमा पानी खसाल्ने पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) को परीक्षण सफलताका साथ पूरा भएको छ । आयोजनाले पछिल्लो एक सातादेखि यसको परीक्षण गरिरहेको थियो ।

आयोजनाको सबैभन्दा जटिल र जोखियुक्त एवं संवेदनशील मानिएको यो पाइपको परीक्षण सफल भएपछि चैतभित्र बिजुली बाल्न सकिनेमा आयोजना व्यवस्थापन ढुक्क देखिएको छ । बाँध बाँधेर सुरुङ हुँदै ल्याइएको पानी दुई वटा ठाडो सुरुङबाट झारेर टर्बाइनमा पुग्छ ।

विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन जडित छन् । ठाडो सुरुङबाट झारेको पानी बाँडेर ६ वटा टर्बाइनमा पानी पुर्याउन निर्माण गरिएका ६ वटै वितरण पाइप छन् । यिनै पाइपबाट टर्बाइनमा पानी पुगेपछि बिजुली उत्पादन हुन्छ । अहिले यसको सफल परीक्षण पूरा भएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

‘वितरण पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) परीक्षण ज्यादै संवेदनशील मानिन्छ, यो सफल भएपछि अन्य बाँकी काम समयमै पूरा गरेर एक डेढ महिनाभित्र सुरुङमा पानी भर्न सकिन्छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘सुरुङमा पानी भरेको थप १५ दिनपछि हामी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुग्छौं ।’

श्रेष्ठकै भनाइलाई आधार मान्दा अबको करिब २ महिना अर्थात् चैतभित्र आयोजनाको एउटा युनिटबाट बिजुली उत्पादन हुनेछ । एउटा युनिट सञ्चालनमा आएपछि विस्तारै चालू आर्थिक वर्षभित्र ६ युनिटबाट विद्युत् उत्पादन गर्ने आयोजनाको तयारी छ ।

यसअघि ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको परीक्षण भनिए पनि त्यो नभएको श्रेष्ठले बताए । आयोजनामा ३१० मिटरको माथिल्लो ठाडो सुरुङ पनि छ । भारतीय ठेकेदार टेक्सम्याकोले निर्माण गर्नुपर्ने ठाडो सुरुङको काममा उसले ढिलाई गरेपछि बीचमा अर्को उपसम्झौता गरी अष्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइएको थियो ।

आयोजनाको सम्पूर्ण काम पूरा गरेर गत असारमै पहिलो युनिटबाट विद्युतु उत्पादन गर्ने तालिका थियो । तर, कोरोना माहामारीका कारण काम प्रभावित हुँदा उत्पादन अवधि लम्बिएको छ । अहिले आगामी चैतभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । यद्यपि, यो मितिमा समेत विद्युत् उत्पादन गर्न चुनौती देखिएको छ ।

उत्पादित विद्युत् जोडेर प्रवाह गर्नका लागि निर्माण भइरहेको न्यू खिम्ती १३२/२२० केभी सबस्टेसनको काम पनि बाँकी छ । उक्त सबस्टेसन पूरा नभए पनि खपतको वैकल्पिक उपाय अपनाई तामाकोसीको बिजुली ढल्केबर पुर्याएर खिम्ती–काठमाडौं १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंमा ल्याउन सकिने योजना छ ।

२०६७ जेठमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले निर्माणको शिलन्यास गरेको आयोजनाबाट २०७२ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । २०७२ बैशाखमा गएको भूकम्प र त्यसलगत्तै भारतले गरेको नाकाबन्दीका कारण आयोजनाको निर्माण नराम्रोसँग प्रभावित भएको थियो । त्यसमाथि, भारतीय ठेकेदार टेक्सम्याकोले समयमा काम नगर्दा पनि समस्या थपिएको छ ।

पछिल्लो समय तामाकोसी व्यवस्थापनले समेत ठेकेदारलाई दबाब दिएर काम गराउन नसक्दा विद्युत् उत्पादन अवधि धकेलिँदै गएको देखिन्छ । अझ, आयोजनाबाट उत्पादित विद्युत् खपत गर्ने ठाउँ वा बजारको अन्योलता रहेका कारण पनि आयोजना निर्माणमा ढिलाई गर्ने गरेको केही विश्लेषकहरूको टिप्पणी छ । ७६ मेगावाटका ६ वटा युनिट (टर्बाइन) जडान हुने आयोजनाबाट हिउँदमा भने करिब ९० देखि १०० मेगावाटमात्र विद्युत् उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३