विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो दुई महिनामा करिब ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ (४ अर्ब ७१ करोड ६३ लाख भारु) बराबरको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ ।

सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनमा ३ अर्ब ९९ करोड ५६ लाख (४९ करोड २८ लाख ६१ हजार युनिट) र भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँ (५३ करोड ६२ लाख ९४ हजार युनिट) को विद्युत् निर्यात गरिएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७.३३ रुपैयाँ रहेको जनाइएको छ । दुवै महिनाको अलग–अलग हिसाब गर्दा साउनको प्रतियुनिट औसत दर ८.११ रुपैयाँ र भदौमा ६.६२ रुपैयाँ रहेको छ । भदौ तेस्रो साता (१६–२३ गते) सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएकोमा सबैभन्दा कम यसै महिनाको दोस्रो हप्ता (९–१५ गते) मा ६९ करोड ८ लाख रुपैयाँको निर्यात गरिएको थियो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केट (आरटीएम) मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा बिक्री हुँदै आएको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढी–बहिरोभन्दा पहिले दैनिकरूपमा ९ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेकोमा अहिले दैनिक १ सय ५० मेगावाटमात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द रहेको छ । प्राधिकरणका अनुसार गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएकोमा सोही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३