विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ । लिङ्देन र डिप्रेबीच बिहीबार (माघ २६ गते) शिष्टाचार भेट भएको हो ।

मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई काम गरिरहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उनले बङ्गलादेशसँगको सम्झौता प्रक्रियामा रहेको नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गर्न लागेको बताए ।

उपप्रधानमन्त्री लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी अन्य छिमेकी मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने बताए ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई प्राप्त सहयोगका लागि युरोपेली युनियनललाई धन्यवाद दिँदै उनले भविष्यमा पनि ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit