विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । करिब डेढ दशकदेखि नेपालको जलविद्युत र सम्बन्धित क्षेत्रमा संलग्न तारा सुब्बाले स्वतन्त ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कार्यकारी सदस्यमा उम्मेदवारी दिएका छन् ।

ऊर्जा उद्यमीहरूको सफलताका लागि गुणस्तरीय तथा अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिहरू परिचित गराउँदै आएका सुब्बाले उनीहरूको हकहित, आमूल परिवर्तन, समृद्धिको लागि पूर्ण समर्पित भएर आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । इपान कोसी प्रदेशको कार्यकारी समितिमा एक कार्यकाल काम गरिसकेका उनले सम्पूर्ण ऊर्जा उद्यमीहरूको साँचो अविभावक भएको आभाष गराउने गरी काम गर्ने जनाएका छन् ।

स्नोफल हाइड्रो पावर प्रालिको कार्यकारी प्रमुख तथा सञ्चालक एवं विभिन्न आयोजनाहरूमा आवद्ध सुब्बाले आफु बिजयी भए दुई प्रत्यासी अध्यक्षहरूको प्रतिबद्धताहरूको अलावा निम्न कार्यहरू गर्ने प्रतिबद्धता जनााएका छन् ।

१.ऊर्जा उद्यमीहरूले विभिन्न क्षेत्र र निकायहरूमा भोग्दै आएका समस्याहरू समाधानको निमित्त सम्बन्धित निकाय र आवश्यकता अनुसार फिल्डमै पुगेर बुझि समाधान गर्न ‘टास्क फोर्स’ सञ्चालन गर्ने ।

२.ऊर्जा क्षेत्रले बेहोेरिरहेको समस्याहरूको पहिचान गरी, प्राथमिकताको आधारमा दीर्घकालीन निदानका निमित्त ‘एक्सन प्लान’ बनाई आवश्यकता बमोजिम सम्बन्धित निकायमा दबाब र फलो अप गर्ने ।

३. ‘इपान एक्विटी फण्ड’को स्थापना गरी आवश्यकतामा परेका आयोजनाहरूमा स्वपुँजी लगानी गरी सफल र सबल बनाउने ।

४. ‘इनर्जी मिक्स’ कन्सेप्टको अवधारणा बमोजिम सम्पूर्ण ऊर्जा उद्यमी कर्मचारी तथा संस्थाहरूको व्यापक सहभागितामा इपान आफैंले स्टोरेज आयोजना, सोलार पावर, विन्ड पावर र फ्लाइह्विल स्टोरेज आयोजनाको विकास र प्रवर्द्धन गरी इपानलाई आर्थिक आत्मनिर्भर बनाउने र इपान आर्थिक आत्मनिर्भर भएपछि सदस्यता शुल्कलाई लगानीमा परिणत गर्ने ।

५. ऊर्जा खपत बढाउने कार्यक्रम ल्याउन सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरूलाई दबाव सिर्जना गर्ने ।

६. दीर्घकालीन अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा व्यापार गर्न छिमेकी राष्ट्र, भारत, बंगलादेश लगायत मलेसिया र सिंगापुरसम्म ऊर्जा व्यापार विस्तार गर्ने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit