विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले विभागको वातावरण विज्ञका रूपमा सूचीकृत हुन चाहने विज्ञहरूबाट दरखास्त आह्वान गरेको छ । विभागले वातावरणीय अध्ययनसम्बन्धी प्रतिवेदनहरूको पनरावलोकन समितिमा रहने वातावरण विज्ञहरूको सूची (रोस्टर) अद्यावधिक गर्नका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

प्राप्त दरखास्तको आधारमा योग्य विज्ञहरूको सूची अद्यावधिक गरी विभागको वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ । सूचीकृत हुन भैतिक वातावरण विज्ञका लागि सिभिल, स्ट्रक्चरल, इलेक्ट्रिकल, वाटर रिसोर्स, हाइड्रोपावर, वातावरण, भू-गर्भ इन्जिनियरिङ वा भू-गर्भ शास्त्र अथवा भौतिक वातावरणसँग सम्बन्धित विषय अध्ययन गरेको हुनुपर्ने विभागले जनाएको छ ।

साथै जैविक वातावरण विज्ञका लागि वन, वन्यजन्तु विज्ञान, जलाधार व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, जीव विज्ञान, वातावरण विज्ञान, वातावरण व्यवस्थापन, पारिस्थितिकीय प्रणाली विज्ञान जैविक वातावरणसँग सम्बन्धित अन्य विषय अध्ययन गरेको हुनुपर्ने जनाएको छ । 

त्यस्तै, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरण विज्ञका लागि समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, पुरातत्वशास्त्र, दिगो विकास, योजना व्यवस्थापन, वित्त व्यवस्थापन वा सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणसँग सम्बन्धित अन्य विषय अध्ययन गरेको हुनुपर्ने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३