विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

(खाँदबारी) संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र खाली जग्गामा सौर्य विद्युत् उत्पादनको योजना अगाडि बढाइने बताएका छन् । काेशी प्रदेशका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा रहेका उनले खाँदबारीमा आयोजित एक भेटघाट कार्यक्रमका क्रममा यस्तो बताएका हुन् ।

उनले जिल्लाका सबै पालिकाले अग्रिम सूचना पाउने गरी सूचना प्रणाली जडान गर्ने, बाँझो जमीनमा सिँचाइ सुविधा पुर्‍याउने, खाली जग्गमा सोलार प्रणाली जडान गर्नेलगायतका कामलाई समेत अगाडि बढाइने बताए । 'विद्युतको लाइसेन्स लिने तर काम नगर्नेको लाइसेन्स रद्द गरिने छ, काम गर्नेलाई प्रोत्साहन गरिने छ,' उनले भने, 'आगामी एक वर्षभित्र जिल्लाका सबै स्थानमा पूर्ण विद्युतीकरण भइसक्ने छ ।' माथिल्लो अरुणसहित अन्य जलविद्युत् आयाेजना समेत चाँडो अगाडि बढाउने गरी सरकारले काम गर्ने उनको भनाइ थियो ।

साेही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देलले जिल्लाका ९० प्रतिशतभन्दा बढी स्थानमा विद्युतीकरण भएको र बाँकी स्थानमा चाँडै पूरा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३