काठमाडौं । कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले फागुन २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनी सदस्यालई नगद लाभांश दिने तयारी गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।
कम्पनीले प्रस्ताव पारित गर्न चैत २० गतेको साधारण सभा आह्वान गरेको छ । सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा÷नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गर्नेछ ।
सभाबाट प्रस्ताव पारित हुने लगतै लगानीकर्तालाई लाभाश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना सञ्चालनमा छ ।