विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
साउन महिनामा मात्र ९० मेगावाट विद्युत थपियाे

काठमाडौं । विद्युत उत्पादनको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म देशमा उत्पादित विद्युत क्षमता करिब २८६३ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरण तथा यसका सहायक कम्पनी, निजी क्षेत्र र वैकल्पिक ऊर्जा समेत गरी उक्त परिमाण पुगेको हो ।

पछिल्लो दशकमा विशेषतः निर्माणाधीन जलविद्युत तथा सौर्य विद्युत आयोजना सम्पन्न भई केन्द्रीय प्रणालीमा जोडिने क्रम बढिरहेको छ । साउन महिनाको हालसम्म मात्र ८९.८ मेगावाटका ५ आयोजनाले उत्पादन सुरु गरेका छन् ।

उत्पादित विद्युतमध्ये जलविद्युतबाट २६३३, सौर्य विद्युतबाट ८७, थर्मल (हेटौंडा डिजेल र दुहबी मल्टिफ्यूल) बाट ५३.४१, बगास (उखुको खोस्टा) बाट ६ मेगावाट प्रणालीमा प्रवाहित छ । यसैगरी, अफग्रिड अर्थात् वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को समन्वयमा निर्माण भएका सौर्य, सौर्य÷वायु हाइब्रिड र लघुजलविद्युतबाट ८३ मेगावाट छ ।

उत्पादित जलविद्युतमध्ये पनि प्राधिकरणका आयोजनाबाट ५७७.३९ मेगावाट, यसका सहायक कम्पनीबाट ४९२.९० मेगावाट र यसैको अफग्रिडबाट ४.५३६ मेगावाट रहेको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युतको परिमाण १५५८.३९ मेगावाट पुगेको छ ।

आर्थिक वर्ष (आव) २०७९/८० मा मात्र ४९१.२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको थियो । जसमध्ये जलविद्युतबाट ४६२.४९ मेगावाट र सौर्य आयोजनाबाट २८.८ मेगावाट थियो । चालू (आवमा ५ जलविद्युत आयोजनाबाट ८९.८ मेगावाट प्रणालीमा जोडिएको प्राधिकरणले जानकारी दिएको छ ।

साउन महिनामा मात्र विद्युत उत्पादन गरेका आयोजनाहरूमा अपि पावरको ४० मेगावाटको माथिल्लो चलेलिया, म्याग्दी हाइड्रो पावरको १४ मेगावाटको घार खोला, रिभर फल्स पावरको १०.३० मेगावाटको डाउन पिलुवा, बुंगल हाइड्रो पावरको १०.७० मेगावाटको सानी गाड र सान्जेन जलविद्युतको १४.८ मेगावाटको माथिल्लो सान्जेन छन् ।

माथिल्लो चमेलियाबाट साउन ९ गते, डाउन पिलुवाबाट साउन १० गते, सानीगाडबाट साउन १८ गते, घार खोलाबाट साउन २१ गते र माथिल्लो सान्जेनबाट साउन २० गतेदेखि विद्युत उत्पादन (परीक्षण) सुरु भइरहेको छ । चालू आवभित्र करिब ९०० मेगावाट विद्युत थपिने सरकारको प्रक्षेपण छ । अहिले निर्माणाधीन आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी छन् भने निजी क्षेत्रले निर्माण भइरहेका ७.२७ मेगावाटको याम्बालिङ, २० मेगावाटको लाङटाङ, २५ मेगावाटको सेती नदी लगायत रहेका छन् ।

क्र.सं. निकाय स्राेत क्षमता कैफियत
प्राधिकरण जलविद्युत ५७७.३९४  
    जलविद्युत (अफ ग्रिड) ४.५३६ साना जलविद्युत आयाेजना
    सहायक कम्पनी ४९२.९०  
    थर्मल ५३.४१  
    साैर्य विद्युत २६  
    जम्मा ११५४.२४  
निजी क्षेत्र जलविद्युत १५५८.३९  
    साैर्य ६१  
    बगास  
    जम्मा १६२५.३९  
एइपिसी वैकल्पिक ऊर्जा ८३ लघुजलविद्युत, साैर्य, वायु

नाेटः कूल विद्युत उत्पादन क्षमता २८६२.६३ मेगावाट

स्राेतः नेपाल विद्युत प्राधिकरण /एइपिसी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit