विद्युत अपडेट

  • प्राधिकरण : ८२११ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलामको माई खोलाबाट उत्पादन भएको ८० मेगावाटका विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण गरेका ९ जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

सबैभन्दा ठुलो २२ मेगावाटको माई जलविद्युत आयोजना रहेको छ । सानिमा हाइड्रो समुहको सहायक सानिमा माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजना २०७१ माघ १४ गतेदेखि सञ्चालनमा छ । यही कम्पनीले निर्माण गरेको ७ मेगावाटको माई क्यासकेड पनि सञ्चालनमा छ । यो आयोजनाबाट २०७२ चैत्र १९ गतेदेखि नियमीत विद्युत उत्पादन भइरहेको हो ।

हिमाल दोलखा हाइड्रो पावर कम्पनीले पनि २ आयोजना निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । यस कम्पनीले निर्माण गरेका साढे ४ मेगावाटको माईखोला र ८ मेगावाटको माई साना क्यासकेड आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । माई खोलाले २०६४ माघ १४ गते र माई साना क्यासकेडले २०७४ चैत्र २६ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेका हुन् । 

यस्तै, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ निर्माण गरेको छ । माथिल्लो माईले २०७३ असार ९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो माई ‘सी’ ले २०७४ साउन ९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

७.८ मेगावाटको सुपर माईले पनि अहिले सञ्चालनमा छ । यो आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । सुपर माईमा लगानी गर्ने समूहले नै अन्य २ आयोजना निर्माण गरी प्रणालीमा जोडेको छ ।

उक्त समूहले माई खोला हाइड्रोपावर कम्पनीमार्फत ३ मेगावाटको सुपर माई खोला क्यासकेड र ९.६ मेगावाटको सुपर माई ‘ए’ निर्माण गरेको छ । माइखोला क्यासकेडले २०७७ असार ३१ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । 

सगरमाथा जलविद्युत कम्पनीले निर्माण गरेको सुपर माई ‘ए’ २०७७ जेठ ३२ गतेदेखि विद्युत प्रणालीमा जोडिएको हो । सुपर माई, सुपर माई ‘ए’ र सुपर माई क्यासकेड आयोजना लक्ष्यभन्दा अघि नै सम्पन्न भएका थिए ।

माई बेसिनमै निर्माण भएको ९.५१ मेगावाटको माईबेनी आयोजना पनि विद्युत उत्पादनको चरणमा पुगिसकेको छ । यो आयोजनाको अहिले आन्तरिक परीक्षण भइरहेको छ । अबको डेढ सातामा आयोजनाको विद्युत प्रणालीमा जोड्ने तयारी भइरहेको छ । यो आयोजना ऊर्जा डेभलपर्सको सहायक साम्लिङ पावर कम्पनीले निर्माण गरेको हो । 

यस्तै, ४.८२ मेगावाटको माई थर्ड आयोजना भने अध्ययन चरणमा छ । इस्ट कन्स्ट्रक्सन एण्ड इन्जिनियरीङ कन्सलटेन्सीले इलामको सोयाक र चिसापानीमा संरचना निर्माण गर्न अध्ययन गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit