विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । जिल्लाको उत्तरी क्षेत्र तामाकोसी नदीको सहायक लम्ची खोलामा १६० मेगावाटको जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको एमभी दुगड समूहले पहुँचमार्गका रूपमा हालसम्मकै लामो सुरुङ निर्माण गरेको छ ।

सरकारले प्राथमितामा नराखे पनि निजी जलविद्युत् प्रवद्र्धकको आफ्नै प्रयासमा निर्माण गरिएको ११ सय मिटर लामो सुरुङमार्ग सम्पन्न भएको छ । दुगड समूहकै सुमो कन्स्ट्रक्सनले निर्माण गरेको सुरुङमार्ग शनिबार सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

लामाबगरबाट १० किलोमिटर उत्तरमा अवस्थित आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग प्रयोगमा आउने जनाइएको छ । ‘सुरुङ शनिबार छेडिएको छ भने जलविद्युत् आयोजनाको निर्माणस्थलमा पनि काम भइरहेको छ,’ सुमो कन्ट्रक्सनका अधिकृत हेमराज तमाङले भने, ‘अब सुरुङभित्रको सफाइ र कठिन भीरमा पहुँचमार्गसम्मको ६० मिटरको ट्र्याक निकालेपछि माथिल्लो तामाकोसीको जलाशयको अन्तिम विन्दुसम्म गाडी पुग्न सक्छ ।’

बिगू गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसीको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न सम्भव नभएपछि सुरुङमार्ग निर्माण सुरु गरिएको थियो । जुन, नेपालमा हालसम्म निर्मित सुरुङमार्ग मध्ये सबैभन्दा लामो भनिएको छ । यसअघि, बाहिरी सडक भूकम्पका कारण भत्किएपछि माथिल्लो तामाकोसीले लामाबगर जाने काभ्रे भीरमा ३३७ मिटरको सुरुङमार्ग निर्माण गरेको थियो ।

दुगड समूहले सुरुङमार्गसँगै सडक पनि निर्माण गरिरहेको छ, सडक निर्माणका लागि जहाजमार्फत लुम्नाङ र थाम्चेम्बुसम्म स्काभेटर पुर्याइएको थियो । बाँधस्थलदेखि तल निर्माण गर्नुपर्ने २० किलोमिटर प्रवेशमार्गमध्ये अहिलेसम्म ९ किलोमिटरको ट्र्याक खुलिसकेको छ ।

सुरुङमार्ग सकिएको हुँदा सडक निर्माणका उपकरण ढुवानीमा सहज हुने कम्पनीका अधिकारीहरूले बताएका छन् । अब, सडक निर्माणले तीव्रता पाउने स्थानीयको समेत विश्वास छ । सुरुङमार्ग तयार भएपछि अन्य जलविद्युत आयोजनाको काम अघि बढाउन र लप्चीमा बसोबार गर्ने स्थानीयलाई समेत निकै सहज हुने देखिन्छ ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँ लप्ची र लुम्नाङमा ३० परिवारका करिब २०० जनाको बसोबास रहेको अनुमान छ । लामाबगरदेखि सडक खुले स्थानीयलाई सजिलो हुने लप्चीका स्थानीय कर्माहुसेर शेर्पा बताउँछन् ।

१० वर्षदेखि सडक विभागले लामाबगर–लप्ची जोड्ने सडकका लागि बजेट विनियोजन गरे पनि अहिलेसम्म जम्मा ३ किलोमिटर ट्र्याक खोलिएको । स्थानीयवासीको आउजाउमा माथिल्लो तामाकोसीको जलाशयले बाटो बन्द हुने भएपछि १० वर्षअघि नै सडक निर्माणको प्रारम्भिक अध्ययन गरिएको थियो । २ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको सडक निर्माणको चर्चा अहिले हराएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit