विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ साउन ३०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । बाढीले दोलखामा निर्माणाधीन २ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । विगु गाउँपालिका–८ मा निर्माणाधीन २५ मेगावाटका २ जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

कालिञ्चोक गाउँपालिका–१ र थामीचागुबाट आउने सोरूङ खोलामा आएको बाढीले २० मेगावाटको साँघु खोला जलविद्युत् आयोजना र ५ मेगावाटको कालिञ्चोक जलविद्युत् आयोजनामा क्षति पुगेको हो । माथिल्लो क्षेत्रमा भारी वर्षा भएपछि खोलामा आएको बाढी आएको हो । निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा क्षति पुर्‍याउँदा आयोजनाको उत्पादनको समय पछि धकेलिने भएको छ ।

२० मेगावाटको साँघु खोला जलविद्युत् आयोजनाको पेनस्टक पाइप र टेलरेसमा क्षति पुगेको आयोजनाका प्रबर्द्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरूङले जानकारी दिए । हिमपर्वतले यही साउन महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अन्तिम चरणमा पुर्‍याएको थियो ।  बाढीले साउन भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्यमा ठेस पुगेको उनले बताए । 

हाल बाढीले बगाएको र क्षति पुगेको ठाउँको लगत सङ्कलन र मूल्याङ्कनको काम जारी रहेको रहेको उनले जानकारी दिए । कालिञ्चोक जलविद्युत् आयोजनाको भने हेडवर्क्समा रहेका बाँध, इन्टेक र बालुवा थिग्य्राउने पोखरीमा क्षति भएको छ । बाढीले पेनस्टक पाइपको केही भागसहित निर्माण सामग्री समेत बगाएको छ ।

कालिञ्चोक हाइड्रोपावर कम्पनीकी अध्यक्ष इन्दिरा पन्तले आउँदो वर्षाअघि नै आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर काम गरे तापनि बाढीका कारण आयोजनाको काम केही महिना धकेलिने भएको जानकारी दिइन् ।

खोलामा बाढीको तीव्र बहाब कायमै रहेकाले क्षतिको लगन सङ्कलनमा समेत कठिनाइ भइरहेको उनको भनाइ छ । बाढीले आयोजनासम्म पुग्ने प्रवेश सडकसमेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३