विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेड र अरुण काबेली पावर लिमिटेडले विद्युत बिक्री गरी ६२ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । कम्पनीले सार्वजनिक गरेको गरेको वित्तीय विवरण अनुसार २०७९/८० को तेस्रो त्रैमाससम्ममा सो आम्दानी गरेका हुन् । 

दुई कम्पनीले साउनदेखि चैतसम्ममा बिजुली बेचेर ६२ करोड २२ लाख २८ हजार ७ सय ८९ रुपैयाँ आम्दानी गरेको सार्वजनिका वित्तीय विवरणमा उल्लेख छ । याे गत वर्षको तुलनामा भने घटेको देखिएको छ । गत वर्षको यही समयअवधिमा दुई कम्पनीले ६२ करोड ४८ लाख ४६ हजार २ सय ५३ रुपैयाँ आम्दानी गरेका थिए ।

अरुण काबेलीले बिजुली बेचेर ५६ कराेड ५० लाख ७३ हजार र हिमालयन हाइड्रोले ५ कराेड ७१ लाख ५५ हजार रूपैयाँ कमाएकाे विवरणमा उल्लेख छ । दुवैकाे आम्दानी घटेकाे छ ।

यसैगरी, यो आवधिमा दुई कम्पनीले २२ करोड ९२ लाख ८५ हजार ३ सय ८० रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको तुलनामा कम्पनीको नाफा पनि घटेको हो ।  गत वर्ष यी दुई कम्पनीले २४ करोड ७७ लाख ७६ हजार १३ रुपैयाँ नाफा कमाएका थिए । 

अरुण काबेली पावर लिमिटेडको पाँचथर र ताप्लेजुङमाको सिमानामा २५ मेगावाटको काबेली बी-१ र हिमालयन हाइड्रो पावर लिमिटेडको कास्कीमा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit