विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगले भारत र बंगलादेशमा ४४० मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्यात अनुमतिका लागि पेश गरेको प्रस्ताव आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेको हो ।

भारतमा ४०० मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात गर्न प्राधिकरणलाई स्वीकृति दिएको आयोगले जानकारी दिएको छ । भारतमा निर्यात हुने ४०० मेगावाटमध्ये एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत हरियाणा राज्यमा २०० मेगावाट र पावर ट्रेड कर्पोरेसन (पीटीसी) मार्फत बिहार राज्यमा २०० मेगावाट बिक्री गरिने जनाइएको छ ।

नेपालले भारतकाे हरियाणामा ५ वर्षसम्म हरेक वर्ष जुन १५ देखि अक्टोबर ३१ सम्म विद्युत् निर्यात गर्न पाउने छ । भारतमा निर्यात हुने बिजुलीको मूल्य प्रतियुनिट ५.४५ भारु (८.७२ रुपैयाँ) स्वीकृत भएको छ । हरियाणामा बेचिने बिजुली एनभीभीएनमार्फत हरियाणा विद्युत् वितरण कम्पनीमा दिइने छ । यस्तै, बिहारमा मध्यकालीन सम्झाैता अनुसार ३ वर्ष (२०२६) का लागि पीटीसीमार्फत बिहार स्टेट पावर हाेल्डिङ कम्पनी लिमिटेड (बीएसपीएचसीएल) लाई बिजुली बेच्ने गरी स्वीकृत भएकाे छ ।

मध्यकालीन विद्युत् खरिद–बिक्री सम्झौता अनुसार बिहार राज्यमा विद्युत् निर्यात गर्ने विषय नेपाल–भारत १०औँ सचिवस्तरीय बैठकमा सहमति भएकाे थियाे । त्यस बैठकले बिहारसँग पावर एक्सचेन्ज कमिटी (पीईसी) मार्फत हुने विद्युत् आदान–प्रदान खुला बजारबाट पनि गर्न सकिने पनि उल्लेख गरेकाे थियाे । बिहारमा कुशाहा–कटैया, रक्सोल–परवानीपुर र रामनगर–गण्डक १३२ केभीका लाइनमार्फत निर्यात हुनेछ । प्राविधिक रूपमा यी लाइनमार्फत ३५० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने देखिएको छ ।

यसैगरी, आयोगले बंगलादेशमा ४० मेगावाट निर्यातको प्रस्तावसमेत स्वीकृत गरेको छ, जसको दर प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (झण्डै ८.५७ रुपैयाँ) रहेको छ । गएको जेठ २९ गते मात्रै बंगलादेशको मन्त्रिपरिषद् अन्तर्गतको ‘क्याबिनेट कमिटी अन गभर्मेन्ट पर्चेज (सीजीजीपी) ले नेपालसँग ५ वर्ष (२०२४ जुनदेखि २०२८ नोभेम्बरसम्म) का लागि ४० मेगावाट बिजुली किन्ने निर्णय अनुमोदन गरेको थियो । प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ड बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच यसबारे त्रिपक्षीय सम्झौता भइसकेको छ ।

नेपालको जलविद्युत् बंगलादेश पुर्‍याउन ढल्केबर (नेपाल)–मुजफ्फरपुर (भारत) हुँदै बहरामपुर (भारत)–भेरामरा (बंगलादेश) सीमापार प्रसारण लाइनको प्रयोग गरिने छ । नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न हरेक वर्ष जुन १५ तारिकदेखि नोभेम्बर १५ सम्मको अवधि तोकिएको छ । 

याे पनि– नेपालबाट ५ वर्षका लागि ४० मेगावाट विद्युत् किन्ने निर्णय बंगलादेश मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३