विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा निर्माणाधीन ४.८ मेगावाटको खोरुङ्गा खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न ३३ केभीको प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि आयोजनाको प्रवर्द्धक कम्पनी रिलायबल हाइड्रोपावर कम्पनी प्रालिले अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

कम्पनीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनसम्म कुल ४.३८ किलोमिटर लामो लाइन निर्माण गर्न प्रस्ताव गरेको हो । प्रसारण लाइनअन्तर्गत कुल ६९ वटा स्टिल टुबुलर पोल तथा एसिएसआर ‘उल्फ’ कन्डक्टर (तार) जडान गरिने छ । ११ मिटर उचाई रहने पोलहरू बीचको दूरी ४५ मिटरदेखि ९४ मिटरसम्म रहने छ । प्रसारण लाइनका पोलको जग (फाउन्डेशन) तथा दायाँ–बायाँ २/२ मिटर मार्गाधिकार (राइट अफ वे) का लागि कुल १.७५२ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ ।

६ महिनाभित्र निर्माण सक्ने लक्ष्य राखिएको प्रसारण लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र विभाग वा कम्पनीमा लिखित राय तथा पतथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले बुधबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३