विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण सुरु भएको झन्डै एक दशकदेखि कहिले बन्द त कहिले काम सुचारु हुँदै आएको सिंगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन अब अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले २०६७ सालदेखि यो प्रसारण लाइनको निर्माण सुरु गरेको हो ।

काम सुरु भएलगत्तै स्थानीय अवरोध, जग्गा विवाद, सामान ढुवानीमा ढिलाई जस्ता समस्याले थलिँदै आएको थियो । काम अन्तिम चरणमा पुगेको हुँदा आगामी बैशाखभित्र सञ्चालनमा आउने आयोजना प्रमुख राजन ढुङ्गेलले बताए । उनका अनसार अबको एक महिनाभित्र सिंगल सर्किट लाइन सञ्चालन गरिनेछ ।

‘अहिलेसम्म सबै टावर उभ्याउनका लागि आवश्यक जग खनिसकिएको छ, ‘दोलखामा एक र सिन्धुपाल्चोकमा ४ वटा टावर खडा गर्न बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, बाँकी टावरको २ ठाउँमा काम भइरहेको छ । निर्माणस्थलमा सामान ढुवानीको काम पनि पूरा भइसकेको छ ।’

आयोजनाका अनुसार ४० किलोमिटर दूरीमा निर्मित टावरमा ३४ किलोमिटर सिंगल सर्किट तार तान्ने काम सकिएको छ । दोलखामा ७३ देखि ७६ नम्बर टावरसम्म तार तान्न अझै समस्या छ ।

समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय दोलखा र स्थानीयसँग सम्झौता गरी बैशाखभित्र पूरा गरिने ढुंगेलले दोहोर्याए । चैत दोस्रो सातामा नै लाइन पूरा गर्ने लक्ष्य रहे पनि स्थानीय अवरोधले ढिला भएको प्राधिकरणले बताउँदै आएको छ ।

सुरुमा २ वर्षभित्रै प्रसारण लाइनको निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, १० वर्ष बितिसक्दा पनि काम पूरा हुन सकेको छैन । समयमा काम नसकेपछि ठेकेदारको ४ पटकसम्म म्याद थपिएको छ ।

चौथो पटक थपिएको म्यादअनुसार २०७५ जेठमा निर्माण पूरा हुनुपर्ने थियो । तर, त्यसपछि ३ वर्ष सकिन लाग्दा समेत काम टुंगिएको छैन । पछिल्लो समय निजी क्षेत्र अर्थात् सिंगटी इनर्जी प्रालिको दबाब तथा समन्वयका कारण पनि काम अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा २५ मेगावाटको सिंगटी खोलाको बिजुली खेर गइरहेको छ । यही कारण प्रवर्द्धकले अहिलेसम्म करिब ६० करोड रुपैयाँ आम्दानी गुमाएको दाबी गरेको छ ।

यसैगरी, यही लाइनमा जोडिने ३० मेगावाटको खानी खोला, ११ मेगावाटको तल्लो खारे लगायत आयोजना पनि अन्तिम चरणमा पुगेका छन् । प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा निजी क्षेत्रद्वारा निर्मित आयोजनाको विद्युत् उत्पादनको समय पनि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit