काठमाडौँ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालकमा संगिता विकलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनी सञ्चालक विनयकुमार तोदीले पदबाट राजीनामा दिएपछि उनलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिइएको छ । सञ्चालक पदमा नियुक्त भएकी विक सिल्क रोड डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।