images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले एक महिना अवधिमा करिब साढे ७ सय मेगावाटका आयोजनाको अध्ययन अनुमति जारी गरेको छ । आयोजना निर्माण गरेर विद्युत उत्पादन गर्न उत्पादन कम्पनी र निजी जलविद्युत कम्पनीको नाममा अध्ययन अनुमतिपत्र जारी गरेको हो ।

विद्युत विकास विभागका अनुसार ७ सय ३७ मेगावाटका ९ जलविद्युत र सौर्य आयोजनाका नाममा अध्ययन अनुमतिपत्र जारी गरिएको छ । फागुन महिनामा ५ सय ४० मेगावाटका ६ सौर्य आयोजना र १९७ मेगावाटका ३ जलविद्युत आयोजनाको नाममा अध्ययन अनुमतिपत्र जारी गरिएको छ ।

अध्ययन अनुमति पाउने मध्ये सबैभन्दा ठुलो ३ सय मेगावाटको सौर्य आयोजना रहेको छ । यो आयोजना जिटी इनर्जी प्रालिले झापामा निर्माण गर्न गत फागुन ५ गते अध्ययन अनुमति पाएको हो । यस्तै, यही कम्पनीले २ सय मेगावाटको सौर्य आयोजना निर्माण गर्न अध्ययन अनुमति पाएको छ । दुवै आयोजनाको अध्ययन आगामी २०७९ फागुन ४ गतेभित्र पूरा गर्नुपर्ने विभागले जनाएको छ ।

यस्तै, एड्भिक इनर्जीले २० मेगावाटको २ सौर्य आयोजना निर्माण गर्न फागुन १० गते अध्ययन अनुमति पाएको छ । कम्पनीले दुवै आयोजना कैलालीको गाेदवारीमा अध्ययन गर्न अनुमति पाएको हो ।

अमरावती सोलार आयोजनाले पनि २० मेगावाटको २ सौर्य आयोजना निर्माण गर्न अध्ययन अनुमति पाएको विभागले जनाएको छ । विभागका अनुसार कम्पनीले कैलालीमै आयोजना निर्माण गर्न अध्ययन अनुमति पाएको हो । यी दुवै कम्पनीले आगामी २०७९ फागुन १५ गतेभित्र अध्ययन पूरा गर्नुपर्नेछ । विभागले हालसम्म ११६३ मेगावाट सौर्य विद्युत उत्पादन गर्न ३२ आयोजनाको नाममा अध्ययन अनुमतिपत्र जारी गरेको छ ।

यस्तै, जलविद्युतबाट पनि १९७ मेगावाट विद्युत उत्पादन गर्न फागुनमा ३ आयोजनाको नाममा अध्ययन अनुमतिपत्र जारी गरेको छ । सबैभन्दा ठुलो १५२.७२५ मेगावाटको सुपर हुम्ला कर्णाली नदी जलविद्युत आयोजना रहेको छ । यो आयोजना गण्डकी इनर्जी लिमिटेडले अध्ययन गर्न अनुमति पाएको हो । गत १८ गते अनुमति पाएको कम्पनीले २०८० फागुन १७ गतेभित्र अध्ययन पूरा गर्नुपर्ने विभागले जनाएको छ ।

यस्तै, ४.५ मेगावाटको मनहरी खोला र ४० मेगावाटको सुपर सेती जलविद्युत आयोजनाको अध्ययन गर्न ६ गते अनुमति जारी भएकाे छ । मनहरी खोला मकवानपुरमा डाइनामिक पावर कम्पनीले निर्माण गर्नेछ । यस्तै, सुपर सेती सन स्टार इनर्जीले निर्माण गर्नेछ । मनहरी खोलाको अध्ययन २०७९ फागुन ५ गतेभित्र र सुपर सेतीको अध्ययन २०८० फागुन ५ गतेभित्र पूरा गर्नुपर्नेछ ।

विभागले हालसम्म १४ हजार ९ सय ९६ मेगावाटका २१६ जलविद्युत आयोजनाको नाममा अध्ययन अनुमतिपत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit