विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुसले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा देखाएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेट्न मन्त्रालय पुगेको नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभ नेतृत्वको रुसी टोलीले लगानी गर्ने इच्छा व्यक्त गरेको हो ।

रुसका २ ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंकले नेपालको जलविद्युत विकासमा लगानी प्रस्ताव गरेको राजदूतले भेटमा बताएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रुसले दुवै देशका सरकारबीच सम्झौता गरेर लगानीका लागि प्रस्ताव गरेको छ ।

भेटमा टोलीले जलविद्युतमा लगानी गर्दा विद्युत उत्पादन र वितरण सम्बन्धि कानुनी प्रावधान र क्षेत्रीय विद्युत बजारको सम्झावनाबारे पनि मन्त्री पुन समक्ष जिज्ञासा राखेको छ । नेपालमा जलविद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताकाबारेमा समेत टोलीले जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

सुरुवातमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै एक आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले आश्वासन दिए ।

जवाफमा मन्त्री पुनले जलविद्युतका लागि नेपालको क्षेत्रीय बजार राम्रो भएको बताए । उनले अबको एक दशकमा देशभित्रै १० हजार मेगावाटसम्म विद्युत खपत हुने हुँदा बजारको समस्या नहुने दाबी गरे । ‘सकेसम्म आन्तरिक विद्युत खपत बढाउने हो,’ उनले भने, ‘बढी भएको विद्युत भारत र बंगालादेशमा निर्यात गर्न विद्युत व्यापार सम्झौता भइसकेको छ ।’

पुनले अहिले देशभित्र उत्पादन हुने विद्युतको एकमात्र खरिदकर्ता नेपाल विद्युत प्राधिकरण भए पनि भविश्यमा निजी क्षेत्रले समेत यहाँ उत्पादन हुने विद्युत बाह्य बजारमा लगेर बेच्न सक्ने गरी कानुन लचिलो पार्ने आश्वासन दिए । नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको बताउँदै पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँग वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने बताए । 

‘अहिलेको व्यवस्थाअनुसार तपाईंहरूलाई लगानीको कुन मोडालिटी सहज लाग्छ । सोही अनुरुप हामी लगानीका लागि स्वागत गर्छौं’ उनले भने । रुसले आफै विद्युतको बजार खोज्न चाहेमा पनि विकल्प खुल्ला रहेको उनले बताए । 

भेटमा राजदूत नोभिकभका साथै लान्टा बैंक र मस्को इन्डस्ट्रियल बैंकका उच्च अधिकारीका एवं रुसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का सस्थापक उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष  बद्री केसी तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का महासचिव गोरे शेर्पा सहभागी थिए ।


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३