विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । रुस–युक्रेन युद्धको असर नेपालको विद्युत् आयातमा समेत परेको छ । भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स)मार्फत प्रतियुनिट औसतमा दुई रुपैयाँ ९९ पैसादेखि तीन रुपैयाँ रहेकोमा अहिले ६ रुपैयाँ भारुभन्दा धेरै भइसकेको छ । ‘दैनिक ९६ पटक परिवर्तन हुने (हरेक १५ मिनेटमा एकपटक) एक्सचेन्ज बजारमा पिकआवरमा दैनिकजसो १५ देखि २० रुपैयाँ भारुसम्म पुगेको छ’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने । यसको अर्थ प्रतियुनिट विद्युत्को मात्र नेपाली ३२ रुपैयाँ पर्छ । त्यसमा भ्याटसहितका शुल्क जोड्दा ३५ रुपैयाँ प्रतियुनिट परेको उनको भनाइ छ ।

द्विपक्षीय (नेपाल भारत) सम्झौताअनुसार भारतीय कम्पनी एनबिबिएनमार्फत भारु चार रुपैयाँ १२ पैसामा आयात गरिने विद्युत्लाई भारतले अहिले बन्द गरिदिएको छ । ‘कोइलाको मूल्यवृद्धि भएको र स्टक पनि सकिँदै गएपछि अहिले नेपाललाई दिन नसक्ने भन्दै सरी भनेको छ’ प्रवक्ता भट्टराइले भने । त्यसमा पेनाल्टीको व्यवस्थासमेत नभएकाले उसले रोकेको हो । 

सामान्यतया, ३५० मेगावाट एक्सचेन्ज बजारबाट, १५० मेगावाट द्विपक्षीय सम्झौतामार्फत र ७० मेगावाट पिटिसीमार्फत विद्युत् आयात गर्ने गरिएको थियो । अहिले एक्सचेन्ज बजारमार्फत खरिद गर्नेबाहेक अन्य रोकिएको छ । अप्ठ्यारो अवस्थामा पुगिसकेको प्राधिकरणले तत्कालका लागि बिहार सरकारमार्फत ६ रुपैयाँ १८ पैसा भारु (समानदर)मा लिइरहेको छ । ‘अहिले करिब तीन सय मेगावाट त्यसरी ल्याइरहेका छौँ’ उनले भने ।

बिहारबाट ल्याइरहेको विद्युत् पनि बन्द हुने दिशातर्फ गइरहेको छ । बिहारले पनि बजारबाटै विद्युत् खरिद गरेर बिक्री गर्ने भएकाले दरमा ठूलो वृद्धि हुँदै जाने अवस्था छ । ‘अहिले विद्युत् नै अभाव भएको अवस्था होइन, तर महँगोमा खरिद गर्नुपर्ने बाध्यतामा पुगेका छौँ’ उनले भने । 

नेपालको विद्युत्जडित क्षमता दुई हजार एक सय ३६ मेगावाट भए पनि अहिले (हिउँद) उत्पादन ६ सय मेगावाट छ । तर, पिकआवरमा माग एक हजार पाँच सय मेगावाट रहेको छ । अन्य वेलामा भने ११ सयदेखि १२ सय मेगावाट रहने गरेको छ । अहिले फागुनमा अन्य महिनाको तुलनामा न्यून हुने गरेको छ । तर, चैतदेखि पुनः माग बढ्ने प्राधिकरणको प्रक्षेपण छ । अहिले ६ देखि सात सय मेगावाट विद्युत् आयात गरिरहनुपरेको छ । 

 पुनः लोडसेडिङको सम्भावना कति ? 

भारतबाट आयात हुने विद्युत् रोकिए पनि तत्कालै लोडसेडिङको सम्भावना नभएको विद्युत् प्राधिकरणले स्पष्ट गरेको छ । ‘कम्तीमा घरायसी विद्युत् उपभोक्ताको लाइन काटिँदैन’ प्रवक्ता भट्टराईले भने । उद्योग वा औद्योगिक क्षेत्रमा भने यही अवस्था रहेमा र ठूलो अभाव भएमा पुनर्विचार गर्ने प्राधिकरणको तयारी छ । तर, त्यस्तो अवस्थामा राज्यले उचित निर्णय लिने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

अबका दिनमा रुस–युक्रेन युद्ध र त्यसले सिर्जना गर्ने विद्युत् संकटको अवस्था कता जान्छ भन्ने विषयले धेरै विषय निर्धारण हुनेछ । अहिलेको युद्ध जारी रह्यो र रुसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा बिक्री गरेन भने धेरै ठूलो संकट आउने अधिकारीहरूको भनाइ छ । ‘अहिले नै सबै विषय यस्तै होला भनेर पूर्वानुमान गर्नु हतारो हुन्छ’ प्रवक्ता भट्टराईले भने । 

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit