विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर खुदी हाइड्रो पावर कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङको खुदी खोलामा निर्माण सुरु हुन लागेको २६ मेगावाटको माथिल्लो खुदी खोला जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको हो ।

भूगर्भविद, सिभिल इन्जिनियर, सर्वेक्षक र प्रशासन अधिकृतको रिक्त पदपूर्ति गर्न आवेदन खुलाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २ जना वरिष्ठ भूगर्भविद तथा ४ जना सिभिल इन्जिनियरका लागि आवेदन माग गरिएको छ ।

यस्तै, एक जना वरिष्ठ सर्वेक्षक, २ जना जुनियर सर्वेक्षक र एक जना प्रशासन अधिकृत माग गरिएको छ । इच्छुकले आगामी मंगलबार ( चैत १७ गते) सम्म आवेदन दिनु पर्नेछ । 

आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि र पासपोर्ट साइजको फोटो सहित आवेदन बझाउनुपर्नेछ । आवेदकले कम्पनीको इमेल  [email protected]  मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले चालू आर्थिक वर्षभित्र आयोजनाको सिभिल संरचनाको निर्माण सुरु गर्दैछ । निर्माण सुरु गरेको ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाबाट २०८० माघदेखि विद्युत उत्पादन गर्ने तालिका दिएको छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा ग्लोबल आइएमइ, मेगा, सिभिल र एनसिसी बैंकले ३ अर्ब ३ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit