विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले लम्जुङको रहेको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको हो ।

विद्युत केन्द्रका लागि इलेक्ट्रीकल इन्जिनियर, मेकानिकल इन्जिनियर, प्राविधिक अधिकृत, पावरप्लान्ट  हेडक्वटर्स अपरेटर,हेडक्वटर्स जुनियर अपरेटर, विद्युतकेन्द्र सहयोगी र ओभरसियरको पदपुर्ति गर्न आवेदन खुलाइएको कम्पनीले जनाएको छ । इलेक्ट्रीकल इन्जिनियर र इलेक्ट्रिक अधिकृतका लागि इलेक्ट्रिकल इन्जिनियरीमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।

यस्तै, मेकानिकल इन्जिनियर र मेकानिकल अधिकृतका लागि मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ । मेकानिकल र इलेक्ट्रोनिकल पावरप्लान्ट हेडक्वटर्सकाे लागि सरकारबाट मान्यता प्राप्त संस्थाबाट ओभरसियर उत्तिर्ण गरेको हुनुपर्नेछ । 

पावरप्लान्ट/हेडवक्र्सका लागि जुनियर अपरेटरको पद रिक्त रहेको कम्पनीले जनाएको छ । यसका लागि मान्यताप्राप्त शिक्षण सस्थाबाट सब–ओभरसियर उत्तिर्ण गरेको हुनुपर्नेछ । विद्युतकेन्द्र सहयोगिका लागि एसइइ र सिभिल ओभर सियरका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट ओभरसेयर उत्तिर्ण गरी एक वर्षको अनुभव हुनुपर्नेछ ।

आवेदकले वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो सहित आवेदन बुझाउनु पर्नेछ ।

इच्छुक व्यक्तिले चैत २९ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगारीको सुर्वण अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३