विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कालिका कन्स्ट्रक्सन कम्पनीले १८.१२ मेगावाटका २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको गोरखा जिल्लामा पहिचान भएका यी आयोजना अघि बढाएको हो ।

अजिरकोट र वारपाक सुलीकोट गाउँपालिका भएर बग्ने दरौदी खोलामा ९.८२ मेगावाटको माथिल्लो दरौदी ‘सी’ साना र ८.३ मेगावाटको माथिल्लो दरौदी ‘बी’ साना जलविद्युत आयोजनाकाे निर्माण प्रक्रिया अघि  बढाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पूरा भएका यी आयोजनाको संरचना निर्माण गर्न उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन सूचना जारी गरेको छ । विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन र अयाोजनाको अध्ययन रिपोर्टका आधारमा उत्पादन अनुमतिपत्र दिन लागिएकाे हाे ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चानल गर्दा पर्न सक्ने प्रतिकुल असरबारेमा सरोकारवालासँग राय/सुझाव मागेको छ ।सरोकारवालाले आफ्नो राय/सुझाव बैशाख २० गतेभित्र पठाउनुपर्नेछ । विभाग वा कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरिएको छ ।

दुवै आयोजनाको मुख्य संरचना खोलाको दायाँ किनारमा रहने गरि डिजाइन गरिएको कम्पनीले जनाएको छ । माथिल्लो दरौदी ‘सी’ पूरा भएपछि वार्षिक सरदर ५८.५२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । माथिल्लो दरौदी ‘बी’ बाट वार्षिक ४७.२८२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

दुवै आयोजना निर्माण सम्पन्न गरी २०८० पुस १५ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत ३० किलोमिटर दुरीकाे मार्कीचोक सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit