काठमाडौँ । मेन्छियम हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित ४.७२ मेगावाटको माथिल्लो पिलुला खोला–२ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । २०८० सालको बाढीबाट क्षति पुगेको आयोजना पुनर्निर्माण गरी हिजो (चैत १४ गते) देखि उत्पादन सुरु भएको हो ।
पहिलो पटक २०७९ साल पुस १३ गतेबाट आयोजना सञ्चालनमा आएको थियो । १ अर्ब ३१ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजनामा जेपर्ट हाइड्रो इन्डिया प्रालिका इलेक्ट्रो मेकानिकल उपकरण जडानहरू गरिएका छन् । उत्पादित विद्युत् संखुवासभाको बानेश्वर सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा प्रवाह भएको छ ।
सुख्खायामका लागि राहत, सुपर हेवा र पिलुवा खोलाको ११ मेगावाट विद्युत् प्रणालीमा थपिँदै
युरोपियन प्रविधिलाई एसियन मापदण्ड, वातावरण र आयोजना अनुकूल डिजाइन गरी आपूर्ति तथा जडानको काम गर्दै आएको जेपर्टले नेपालमा दर्जन जति आयोजनामा काम गरिसकेको छ । कम्पनीमा सहकार्य र नयाँ आविष्कारलाई प्राथमिकता दिएर काम गर्दै आएको हुँदा जेपर्टले नेपालका जलविद्युत् विकासकर्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।