images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङको कुस्मीशेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले ७ लाख कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाएको छ । स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार (असोज २३ गते) स्वीकृति दिएको हो ।

कम्पनीका अनुसार स्वीकृत प्राप्त १०० रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर संख्या मध्ये २ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई र ४ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बाँडफाँड हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा यसअघि नै एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

२०७५ असार २४ गतेदेखि विद्युत उत्पादन भइरहेको आयोजनाको विद्युत् ७.५ किलोमिटर दूरीमा रहेको ३३ केभी कुस्मा सबस्टेसनमा जोडिएको छ । प्राधिकरणले उत्पादित विद्युतको हिउँदमा प्रतियुनिट ७.४२ रुपैयाँ र बर्खामा ४.२४ रुपैयाँ तिरिरहेको छ भने वार्षिक ऊर्जा औसत ८.२१७ गिगावाट घन्टा उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit