विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । गणपूरक संख्या नपुग्दा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त वार्षिक साधारणसभा स्थगित भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ र ७९/८० को १५ औँ र १६ औँ संयुक्त वार्षिक साधारणसभा २०८० चैत २९ गते बोलाएको थियो । साधारणसभाका लागि गणपूरक संख्या नपुगेकाले सभा नै स्थगित गर्नु परेको कम्पनीले जानकारी दिएको छ ।

यस साधारणसभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउने प्रस्ताव साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालक समितिको बैठक भत्ता निर्धारणको विषय पनि सभाका लागि तय गरिएको थियो । 

कम्पनीले स्थगित साधारणसभा पुनः बस्ने गरी यथाशीघ्र मिति तय गर्ने जानकारी समेत दिएको छ । कम्पनीेले लाभांश प्रस्ताव भने गरेको थिएन ।   
  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३