विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा यही चैत २९ गते गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गत ८ गते बसेको बैठकमा सुकेधारास्थित सेलिबे्रशन हाइटमा बिहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।

 सभाले अघिल्ला दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालक समितिको बैठक भत्ताका विषयमा छलफल हुने तय भएको छ । कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव नगरेको जानकारी गराएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १८ गते एक दिन बुक क्लोज गर्ने र त्यस आधारमा चैत १५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले इलामको इलाम नगरपालिकामा ४.५ मेगावाटको माई खोला जलविद्युत् आयोजना र माई नगरपालिकामा ८ मेगावाटको माई साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३