विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत् विकास विभागले करिब २८ अर्ब रुपैयाँ लागतमा ६३ मेगावाटको कोखाजोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुर जिल्लामा प्रस्ताव गरिएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।

आयोजना निर्माण सम्पन्न गर्न २७ अर्ब ७४ करोड ९ लाख ४१ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । यसका आधारमा आयोजनाको प्रतिमेगावाट लागत ४४ करोड ३ लाख ३२ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

आयोजनाको वातावरणीय अनुगमनका लागि १ करोड ४२ लाख ५० हजार रुपैयाँ र वातावरणीय परिक्षणका लागि २५ लाख रुपैयाँ प्रस्ताव गरेको छ । वातावरणीय लागत ७४ करोड ६ लाख ११ हजार रुपैयाँ प्रस्ताव गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको वातावरणीय अभिवृद्धि र सामुदायिक सहयोग कार्यक्रमहरूः स्वास्थ्य, शिक्षा, खानेपानी स्तरोन्नति गर्ने, सडक, ग्रामिण स्वास्थ्य संस्थालाई सबल बनाउन सहयोग गर्ने, सिपमुलक तालिमलगायतका लागि २० करोड ८० लाख रुपैयाँ प्रस्ताव गरेको छ । यसैगरी, स्थानीय स्तरमा सकारात्मक प्रभाव अभिवृद्धिका लागि ९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यो आयोजनाको काम पूरा गर्न ७ वर्ष लाग्नेछ ।

यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारण तथा कार्यसुची ११० मेगावाटमा स्वीकृत भएको थियो । तर, आयोजनाको हाइड्रोलोजिकल विश्लेषण तथा लागत परिवर्तन गर्दा क्षमता बढेर ११६ मेगावाट पुगेको थियो ।

हाइड्रोलोजिकल विश्लेषण परिमार्जन गर्दा प्रस्तावित बाँध क्षेत्रको औसत मासिक बहावमा परिवर्तन भएकोले प्लान्ट अपरेसन मोडलमा परिवर्तन भएको र सो अनुसार जलाशयको प्रवाहमा पनि परिवर्तन हुँदा जडित क्षमता फेरि १०४ मेगावाटमा झर्‍याे । यो क्षमताको पिकिङ अपरेसन पिरियड ६ घन्टाको रहने र हाल १० घन्टाको पिकिङ अपरेसन हुँदा जडित क्षमता ६३ मेगावाट हुने आयोजनाको लागत कम हुने तर, वार्षिक कुल ऊर्जा उत्पादन १०४ मेगावाट र ६३ मेगावाट जडित क्षमतामा करिब बराबर हुने देखिएकोले आयोजनाको जडित क्षमता ६३ मेगावाट कायम गरिएको हो ।

आयोजनाको विवरण

यो आयोजना सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका (वडा नम्बर १,२,३) र मरिण गाउँपालिका (वडा नम्बर १,२) तथा काभे्रपलान्चोकको महाभारत गाउँपालिका (वडा नम्बर १, ६ र ८), खानी खोला गाउँपालिका (वडा नम्बर ४, ५) र मकवानपुरको बागमति गाउँपालिका (वडा नम्बर १, ५, ९) मा प्रस्ताव गरिएको छ । बाँध, स्पिलवे, इन्टेक, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस तथा प्रसारण लाइन लगायतका संरचना निर्माण हुनेछ ।

हेडरेस टनेल

आयोजनामा ७६७५ मिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । साथै, ८२५.२५ मिटर लामो पेनस्टक पाइप रहनेगरी प्रस्ताव गरिएको छ ।

ऊर्जा उत्पादन

आयोजना निर्माण पूरा भएपछि वार्षिक ३०५.९३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११४.६६ गिगावाट अर्थात ३७.४८ प्रतिशत र वर्षायाममा १९१.३० गिगावाट घन्टा अर्थात ६२.५२ प्रतिशत विद्युत् उत्पादन हुने वातावरणीय मुल्यांकनले देखाएको छ ।

प्रसारण लाइन

आयोजनाबाट उत्पादन हुने विद्युत प्रस्तावित स्वीचयार्डदेखि ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको फापरबारी सबस्टेसनमा जोडिनेछ । लाइन १३२ केभी डबल सर्किट निर्माण हुनेछ ।

अन्य

आयोजनाका लागि ८११.७१ हेक्टर जमिन आवश्यक पर्नेछ । यस्तै, राष्ट्रिय वनबाट ५२ हजार ७७७ वटा र निजी क्षेत्रबाट ४८ वटा वन तथा रुख कटानी हुनेछ । आयोजना निर्माण चरणमा कुल ३८५ जना जनशक्ति आवश्यकता पर्नेछ भने निर्माण पूरा भएपश्चात सञ्चालन अवधिका लागि ५० जनाले स्थायी रूपमा रोजगारी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit