विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाढीपहिरोले ङादी ग्रुप पावर लिमिटेड अन्तर्गतका ६ वटा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याउँदा कम्पनीले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट ती आयोजनामा ७० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको हो । 

क्षति पुगेका आयोजनाहरूमा लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी आयोजना रहेको छ । त्यस्तै, इलाममा सञ्चालित ९.६० मेगावाटको सुपर माई–ए, लमजुङमा सञ्चालित ५ मेगावाटको सिउरी खोला, सङ्खुवासभामा सञ्चालित ४.५ मेगावाट हेवाखोला, इलाममा सञ्चालित ३ मेगावाटको सुपर माई क्यासकेड र पाँचथरमा सञ्चालित ९९५ किलोवाटको फेमे खोला स्मल जलविद्युत् केन्द्र रहेकाे ङादी ग्रुपका संयाेजक यज्ञप्रसाद सुवेदीले ऊर्जा खबरसँग बताए । 

उनका अनुसार बाढीले निर्माणाधीन सुपर न्यादीको विद्युत् गृह, टेलरेसको सुरक्षा पर्खाल, विद्यु्तगृहसम्मको पहुँच मार्ग, बाँध क्षेत्रसम्मको पहुँच मार्ग, पहुँच मार्गको सुरक्षा संरचना र सामान भण्डारण गरिएको भवनमा क्षति पुर्‍याएको थियो । कुल ८ करोड ६८ लाख ६० हजार ४७६ रूपैयाँको आर्थिक क्षति पुगेको यस आयोजनाको विद्युत् उत्पादन सुचारु गर्न एक वर्ष लाग्ने अनुमान गरिएकाे छ ।  

त्यस्तै, सुपर माई–ए को वेर, फ्लड वाल, स्पिलवे नजिकको डिसेन्डर, एचएम पाइप, सर्जट्याङ्क संरक्षण पर्खाल, विद्युत् गृह र टेलेरेसको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो । कुल १० करोड ११ लाख ५६ हजार ९५५ रूपैयाँको आर्थिक क्षति पुगेको यस आयोजनाबाट विद्युत् उत्पादन शुरू गर्न ३८ दिन लागेको थियो । केन्द्रको विद्युत् उत्पादन ठप्प हुँदा ४ करोड ७१ लाख २ हजार ९ सय ७६ रुपैयाँ आम्दानी गुमाउनु परेको छ ।  

सिउरी खोलाको हेडवर्क्स फ्लड वाल, विद्युत् गृह र टेलेरेसको सुरक्षा पर्खालमा क्षति पर्‍याएको छ । यस आयोजनामा ५ करोड २७ लाख ६२ हजार ५०९ रूपैयाँको आर्थिक क्षति पुगेको छ । आयोजनाबाट तुरून्तै विद्युत् उत्पादन सुचारु भइसकेको छ । उत्पादन ठप्प हुँदा यस जलविद्युत् केन्द्रले २ लाख ५० हजार रुपैयाँ आम्दानी गुमाउनु परेको छ ।

हेवाखोला स्मलको वेर फ्लड वाल, कट्अफ वाल, वेरको डाउनस्ट्रिम ग्याबिन वालमा क्षति पुगेको छ । कुल ४ करोड ७० लाख ३० हजार ५४४ रूपैयाँको आर्थिक क्षति भएको यस आयोजनाबाट विद्युत् सुचारु भइसकेको छ । उत्पादन ठप्प हुँदा यस जलविद्युत् केन्द्रले २ रुपैयाँ आम्दानी गुमाउनु परेको छ ।

सुपर माई क्यासकेडको वेर कट्अफ र सुरक्षा वाल, विद्युत् गृह तथा टेलेरेस सुरक्षा पर्खालमा क्षति पुगेको थियो। कुल ५ करोड १४ लाख ८२ हजार ३८३ रूपैयाँको आर्थिक क्षति भएको यस आयेजनामा विद्युत् सञ्चालनमा आउन ३८ दिन लागेको थियो । उत्पादन ठप्प हुँदा यस जलविद्युत् केन्द्रले १ करोड ४७ लाख १९ हजार ६८० रुपैयाँ आम्दानी गुमाउनु परेको छ । 

बाढीले फेमे खोला स्मल जलविद्युत् केन्द्रका सम्पूर्ण संरचना नै ध्वस्त भएका छन् । यस केन्द्रका संरचनामा कुल २६ करोड ६४ लाख ६७ हजार ३०३ रूपैयाँ बराबरको क्षति भएको छ । यस आयोजनाबाट विद्युत् उत्पादन गर्न कम्तीमा पनि १ वर्ष लाग्ने जनाएको छ । उत्पादन ठप्प हुँदा यस जलविद्युत् केन्द्रले २ लाख ५० हजार रुपैयाँ आम्दानी गुमाउनु परेको थियो । उत्पादन ठप्प हुँदा यस जलविद्युत् केन्द्रले ३ करोड २१ लाख ७० हजार रुपैयाँ आम्दानी गुमाउने देखिएको छ ।   

यी आयाेजनाहरूकाे संरचनागत क्षति ६० कराेड ५७ लाख रूपैयाँभन्दा बढी भएकाे छ । यसमा विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएकाे क्षतिलाई समेत जाेड्ने हाे भने ग्रुपअन्तर्गतका ६ आयाेजनाले ७० कराेड रुपैयाँभन्दा बढी क्षति व्यहाेरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३