विद्युत अपडेट

  • प्राधिकरण : ८५८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१४८३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५३९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२९७७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८४ मे.वा.
२०८१ असार २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो ।

वर्षौंदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । उनका अनुसार २५ करोड रूपैयाँ लागत अनुमानसहित यही असार १४ गते बोलपत्र आह्वान गरिएको छ ।

‘एसियाली विकास बैंकको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माण प्रक्रिया सुरु भएको हो’, भण्डारीले भने, ‘पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।’

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म सामुदायिक विकासतर्फ ५३ योजना सम्पन्न भइसकेका छन् भने १२ वटा योजना चालु अवस्थामा रहेका छन् ।

भण्डारीका अनुसार ऋषिङ–१ तल्लो सेटाङमा गणेश आधारभूत विद्यालयको घेरा पर्खाल तथा सभाहल निर्माण, सेती नदीको दायाँ किनार संरक्षण कार्य, बाँधतर्फबाट लोक्मा जाने पैदलमार्ग निर्माण, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद–५ स्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण, दीपज्योति आधारभूत विद्यालय भवन मर्मत, भारलाङ्दी खानेपानी समितिलाई सोलार पम्प आपूर्ति कार्य र सेती नदी बायाँ किनार संरक्षण कार्य भइरहेका छन् ।

व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालय भवन, बन्दीपुर गाउँपालिका–६ स्थित भुतखोला सराङघाट सडकखण्ड ग्याविन निर्माण, व्यास नगरपालिका–५ स्थित मगर समाज भवन निर्माण पनि भइरहेका उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३