विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

संखुवासभा । संखुवासभामा निमार्णाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मूख्य सुरूङ मार्गको ‘ब्रेक थ्रू’ भएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ आम्राङमा आयोजित एक कार्यक्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुरूङको ब्रेक थ्रु गरेका हुन् । फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पुर्‍याउन ९.५ मिटर परिधिको ११.७८ किमि सुरुङ मार्ग निर्माण गरिएको हो ।

आयोजना विकासका लागि सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) सम्पन्न भएको थियो । सन् २०१८ मा काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजनाको शिलान्यास गरेका थिए । सन् २०१८ देखि आयोजना निर्माणको काम सुरू भएको थियो । हाल सन् २०२५ मार्चसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको काम भइरहेको छ ।

आयोजनाको कुल अनमानित लागत ९२ अर्ब हाराहारी छ । हालसम्म ६४ अर्ब खर्च भइसकेको छ । करिब ६० प्रतिशत वित्तीय र ७५ प्रतिशत भौतिक प्रगति भएको छ । प्रसारण लाइनतर्फ २० प्रतिशत मात्रै प्रगति भएको छ । सन् २०२४ मा सक्ने लक्ष्य रहे पनि कोसी राजमार्गको दुरावस्था, सरकारले समयमा सहजीकरण नगर्दा र स्थानीय समस्यालगायतले काममा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क बिजुली पाउनेछ । आयोजनाले  उत्पादन सुरू भएको १५ वर्षसम्म ७ प्रतिशत र त्यसपछिका १० वर्ष १२ प्रतिशत ईनर्जी रोयल्टी नेपाल सरकारलाई बुझाउनु पर्नेछ । यस्तै उत्पादन सुरु भएपछि १५ वर्षसम्म ४०० रूपैयाँ प्रतिमेगावाट र त्यसपछिका १० वर्ष  प्रतिमेगावाट १८ सय रूपैयाँ  क्यापासिटी रोयल्टी सरकारलाई बुझाउनु पर्नेछ । 

निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । आयोजनाबाट वार्षिक उर्जा उत्पादन ४ अर्ब १ करोड ८० लाख युनिट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३