विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार (साउन २५ गते) बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले लगेको ठाडो प्रस्ताव अस्वीकृत गरेको हो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य कार्यरत रहेको अवस्था र कानुनको उल्लंघन गरेर मन्त्री भुसालले आफैं मन्त्रिपरिषद्मा प्रस्ताव लगेकी थिइन् । केही दिन अगाडि ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्कीलाई शाक्यलाई बरखास्त गरी घिसिङलाई नियुक्ति गर्ने प्रक्रियाको फाइल उठाउन निर्देशन दिएकी थिइन् ।

सचिव कार्की लगायत मन्त्रालयका उच्च पदाधिकारीले कानुनी प्रक्रियाबाट कुनै पनि अवस्थामा घिसिङलाई एमडी नियुक्त गर्न नमिल्ने राय दिएका थिए । सचिवलगायतका पदाधिकारीलाई मन्त्रीले निरन्तर दबाब दिएपछि मन्त्रालयबाट फाइल उठाएर मुख्य सचिवसमक्ष पेश गरिएको थियो । मुख्य सचिव शंकरदास बैरागीले घिसिङ नियुक्तिको प्रक्रिया सोझै गैरकानुनी हुने भन्दै फाइल फिर्ता गरिदिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

मुख्य सचिवबाट फाइल फिर्ता आएपछि भुसालले सोमबार आफैं प्रस्ताव लिएर मन्त्रिपरिषद् गएकी थिइन् । सामान्य कानुनी प्रक्रिया नमान्ने, कानुनको गलत व्याख्या गर्ने र विधिको शासनलाई खिल्ली उठाउने मन्त्रीले राजीनामा दिनुपर्ने विज्ञहरूको धारणा छ । ‘संविधान र कानुन मिचेको भन्दै केपी शर्मा ओलीको सरकार हटाएर बनेको वर्तमान सरकारले त्यसैको सिको गर्नु अर्को निरंकुशता हो,’ प्राधिकरणका  पूर्वकार्यकारी निर्देशकहरूले भने, ‘कानुन हातमा लिने मन्त्रीज्यूले तुरुन्त राजीनामा दिनुपर्छ ।’

शाक्यलाई विशिष्ठ श्रेणी (सचिव) को सेवा सुविधा दिने गरी मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयमा काजमा सरुवा गर्ने तयारी थियो । यसरी तान्न एक त मन्त्रालयमा सचिवस्तरको पद रिक्त हुनुपर्छ, अर्को त्यो अनुसार सेवा सुविधा दिने कानुनी व्यवस्था गर्नुपर्छ ।

अर्कोतर्फ, प्राधिकरणबाट काजमा तानेपछि शाक्यको काननतः कार्यकारी निर्देशक पद यथावत रहन्छ । त्यस्तो, अवस्थामा कि त्यहीँको वरिष्ठ उपकार्यकारी निर्देशकलाई निमित्त वा कामु तोक्नुपर्छ वा सरकारले ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भनेर सरकारकै सहसचिवस्तरको अधिकारी पठाउनुपर्छ ।

नेपाल विद्युत प्राधिकरण ऐनमा यस्तो उल्लेख हुँदा हुँदै मन्त्री भुसालले घिसिङ नियुक्तिको ठाडो प्रस्ताव लैजानुमा कानुनको उल्लंघनमात्र नभई भ्रष्टाचारका अदृष्य खेललाई वैधानिकता दिन खोजेको एक कानुनका जानकार बताउँछन् । ४ वर्षका लागि करार सम्झौता गरेर कार्यकारी निर्देशक नियुक्त भएका शाक्यको सामान्य कार्यसम्पादन पनि नगरी वा गर्न नचाहेर हटाउन खोज्नुलाई मन्त्रालयका उच्च अधिकारीले मन्त्रीको मनपरी ठानेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३