विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । औद्योगिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेको प्रमाणका रूपमा नेपाल विद्युत् प्राधिकरणले टीओडी मिटरको विवरण समेटिएको भारी परिमाणको कागजात संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको छ । उक्त कागजात करिब ५० हजार पेजको रहेको प्राधिकरण स्रोतले जनाएको छ । 

डेडिकेटेड र ट्रङ्क लाइनको महसुलबारेको विवादबारे छलफल गर्न केही दिनअघि मात्र बसेको लेखा समितिको बैठकले टीओडी मिटरको विवरण पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त विवरण पेश गर्न ५ दिनको समय दिइएको थियो । 

उद्योगीले विद्युत् खपत गरेको प्रमाण नभई प्रिमियम महसुलको विल नतिर्ने अडान लिएको र लोडसेडिङका बेला विषय सुविधासहित खपत गरेको विद्युत्‌काे प्रिमियम बिल तिर्नुपर्ने अडान लिइरहेको बेला प्राधिकरणले विद्युत् खपत भएको खुल्ने टीओडी मिटरकै विवरण पेश गरेको दाबी गरेको छ । यसबारे हालसम्म औद्योगिक ग्राहकको तर्फबाट कुनै प्रतिक्रिया भने आइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३